logo
  • शनिबार, साउन ३० २०८३

जनप्रतिनिधी र कर्मचारीबिच मैत्रीपूर्ण फुटवल


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी फागुन ७ ।
इस्मा गाउँपालिकाको आयोजनामा मैत्रीपूर्ण फुटवल प्रतियोगीता सम्पन्न भएको छ । ६९ औ प्रजातन्त्र दिवसको अवसरमा कर्मचारी र जनप्रतिनिधीबिचको मैत्रिपूर्ण फुटवल प्रतियोगीताको आयोजना गरिएको थियो । प्रतियोगीतामा कर्मचारीले ४ र जनप्रतिनिधीले १ गोल गरेका थिए ।
खेलको पहिलो हाफमै कर्मचारीको तर्फबाट पारस भुसालले ४ गोल गरेका थिए । भने जनप्रतिनिधीको तर्फबाट वडा नं २ का वडाध्यक्ष टिका बहादुर रेश्मीले १ गोल गरेको रेफ्रि गोकर्ण थापाले बताए । नेपाली कांग्रेसका इस्मा गाउँ सभापति चन्द्र बहादुर महतले खेलाडीलाई फुटवल हस्तान्तरण गरेर मैत्रीपूर्ण फुटवल प्रतियोगीताको शुभारम्भ गरेका थिए ।प्रजातन्त्र दिवसको अवसरमा इस्मा गाउँपालिकाले प्रभातफेरी तथा गाउँपालिका परिसरमा सरसफाई समेत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । गाउँपालिका प्रमुख, उपप्रमुख, सम्पूर्ण जनप्रतिनिधी, राजनैतिक दल कर्मचारीहरुको उपस्थितीमा प्रभातफेरी र सरसफाई गरिएको थियो । प्रभातफेरी, सरसफाई र मैत्रीपूर्ण फुटवलसंगै मञ्चको कार्याक्रम गरिएको थियो । गाउँपालिका प्रमुख लक्ष्मण बिष्टको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा वडा अध्यक्षहरुको तर्फबाट वडा नं ३ का वडाध्याक्ष तोेयनाथ सापकोटाले प्रजातन्त्र दिवसको सान्दर्भिकताको बारेमा प्रकाश पारेका थिए । त्यस्तै नेपाली कांग्रेस इस्मा गाउँपालिका सभापति चन्द्र बहादुर महतले प्रजातन्त्र दिवसलाई कम महत्व दिएको पछिल्लो परिपाटी प्रति दुख व्यक्त गरे । उनले प्रजातन्त्रको प्राप्त गर्नको निमित्त धेरै जनाको त्याग तपस्या र बलिदानी रहेकाले सवैले यसको आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।

नेकपा इस्मा गाउँपालिका अध्यक्ष नारायण पैयानीले प्रजातन्त्र र गणतन्त्रबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिए । उनले अबको लडाई राजनैतिक मुद्धाको लागि नभएर समृद्धिको लागि मात्रै भएको बताए । त्यस्तै उपप्रमुख बिमला खत्रीले सत्तापक्ष र प्रतिपक्षबिचको साथबाट मात्रै नेपाल समृद्ध बनाउन सकिने बताइन् ।
गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले गाउँगाउँमा सिहं दरवारको अनभुति नै प्रजातन्त्रको उपलब्धि भएको बताए । ‘२००७ सालमा प्रजातन्त्र नआएको भए नेपालीको चेतना ५० बर्ष धकेलिने थियो,’उनले भने,‘यो दिनको अवमुल्यन भए इतिहासले श्ररापने छ ।

कार्यक्रम प्रमुख प्रशासकीउ अधिकृत चन्द्रकान्त बस्नेतको स्वागत तथा नारायण महतको संचालनमा सम्पन्न भएको थियो । गाउँपालिकाले दिवसकै अवसरमा गाउँपालिका स्तरिय वकतृत्वकला प्रतियोगीताको समेत आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend