साझा नेटवर्क
दिलिप पराजुली, कतार ।
प्रदेश नं १ समन्वय परिषद कतारको समन्वय तथा आवद्ध ११ जिल्ला संस्थाहरुको आयोजनामा कतारमा हिउँदे उत्सव आगामी २२ फेब्रुअरी २०१९ दिन मिसईद स्थित अम्वाज ग्लोवल भिलेजमा आयोजना हुने भएको छ ।
विगतका वर्षमा संस्थाहरुले फरक फरक समयमा वनभोजको रुपमा मनाउदै आउने यो कार्यक्रमलाई यस पटक प्रदेश नं १ समन्वय परिषदको समन्वयमा सामुहिक रुपमा मनाउने सो कार्यक्रमको नाम विन्टर आउटडोर फेस्टिभल २०१९ राखिएको छ । प्रदेश नं. १ का ११ जिल्ला संस्थाहरुको संयुक्त आयोजनामा आयोजना हुने सो कार्यक्रममा साँस्कृतिक प्रस्तुति, विविध धार्मिक तथा सांस्कृतिक झाँकी, पर्यटन प्रबर्द्धनका लागि प्राकृतिक दृष्यहरु सहितका स्टलहरु, उद्यमशिलता प्रबर्द्धन तथा जानकारीका लागि विदेशमा रहेर नेपालमा संचालन भईरहेका विभिन्न कम्पनीहरुको विवरण सहितको स्टल आदि राखिने जानकारी अध्यक्ष चुडामणि कार्कीले जनाएका छन् ।
प्रदेश नं १ समन्वय परिषदले १४ वटा नै जिल्लावाट विदेशमा रहेर कार्यरतहरुलाई समेटेर सामुहिक व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यका साथ ईष्टर्न होल्डिंग कम्पनी संचालनमा ल्याएको छ । संस्थाको प्रथम साधारण सभाले नै निर्णय गरे वमोजिम संस्थामा आवद्धहरुको लगानीमा यो कम्पनी संचालनमा आएको र सो को वारेमा विस्तृत जानकारी समेत सो कार्यक्रममा दिईनेछ । यसका अलावा प्रदेश नं १ का विभिन्न समुह र व्यक्तिहरुले नेपालमा सामुहिक र एकल प्रयत्नमा संचालन गर्दै आएका कम्पनीहरुको वारेमा जानकारी समेत दिईनेछ ।
कार्यक्रमलाई मौलिकता तथा मनोरंजन दिनका लागि वरिष्ठ गायक तथा संगितकार शम्भु राई र गायिका अंजु गौतम कतार आउदैछन् । साथमा स्थानिय कलाकारहरुको वेजोड प्रस्तुति रहने जानकारी महासचिव टि एन वरालले दिएका छन् । कार्यक्रमलाई थप प्रभावकारी वनाउन खेलकुदका विभिन्न कार्यक्रमहरु पनि राखिएका छन् । त्यसैगरी कार्यक्रमका सहभागिहरुलाई कान्तिपुर मेडिकल सेन्टरको सहयोगमा निशुल्क स्वास्थ्य परिक्षण गरिने साथै प्रदेश नंं १ का सदस्यहरुलाई उक्त मेडिकल सेन्टरमा स्वास्थ्य परिक्षण गर्दा बिशेष छुटको लागि परिषद्ले समन्वय गरिरहेको र सम्भवत सोहि दिन घोषणा हुने समेत बताइएको छ ।
प्रदेश नं. १ का करिब १५०० जनाको सहभागिता रहने यो कार्यक्रमलाई विगतका कार्यक्रमहरु भन्दा पृथक र सवै विधाहरुको संगम रहने आयोजकहरु वताउछन् । प्रदेश नंम्वर एकमा ११ जिल्लाहरु खोटांङ, मोरङसुनसरी, झापा, ओखलढुंगा, ताप्लेजुङग, उदयपुर, भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम, पाँचथरका संस्था प्रमुखहरु यो कार्यक्रम सफल पार्नका लागि आफ्नो आफ्नो संस्थाका पदाधिकारी र सदस्यहरु सहित कटिवद्ध भएर लागि परेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend