साझा नेटवर्क
उद्धव मगर, दोहा कतार।
कतार नेपाली एकता समाज सनैया सी एरिया समितिको १५ फेब्रुअरी २०१९ का दिन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
अध्यक्षता भुपेन चन्द, कार्यक्रम सञ्चालक विक्रम तरामु,र स्वागत भाषण शेर बहादुर वि.कले गर्नु भएको उक्त कार्यक्रममा प्रशिक्षक केन्द्रिय समितिका अध्यक्ष हेमन्त वाईवा, केन्द्रिय सदस्य थम्मन थापा, उपस्थिती रहेको थियो ।
प्रशिक्षणमा मुख्य विषय मजदूर वर्गको समस्या र समाधान प्रश्नोत्तर रहेको थियो। यस प्रशिक्षण कार्यक्रममा प्रशिक्षित गर्दै स्पष्ट पार्दै भन्नु भन्नु भयो अहिले वास्तवमा भन्नु पर्दाखेरी मजदूरहरुको हित गर्ने मजदूर वर्गको सरकार बनाउनेदेखि मजदूरमाथी हुने शोषण,उत्पीडन, दमन अन्याय र अत्यचारको विरुद्ध मजदूरको पक्षमा संघर्ष गर्ने अनेनौं नामधारी कम्युनिष्ट पार्टी तथा ट्रेड युनियनहरु अस्तित्वमा छन् ।
तर मजदूरहरुका पक्षमा संघर्ष गरेर मजदूरवर्गको अधिकारलाई सुनिश्चित गर्ने काम गरेका देखिदैनन् । विश्वभरका मजदूरहरु शोषित पिडीत, दमित,नभएका कुनै पनि क्षे्त्र छैनन् । प्रत्येक पाईला पाईलामा थिचिएका चुसिएका र अपमानित भई रहेका छन् । अनौपचारिक क्षेत्रमा काम गर्ने मजदूरहरु सबैभन्दा बढी शोषित छन् ।
उनीहरुका नामधारी संगठन पनि बनेका छैनन् । शोशक शाषक मालिक वर्गको सरकारले मजदूरहरुको आँखामा छारो हाल्ने श्रम ऐन २०७४ पास गरेको छ जसमा परिच्छेद ७ अनुसार काम गर्ने समय रोजगारदाताले श्रमिकलाई प्रतिदिन ८ घण्टा र एक हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा लगाउन पाइने छैन भन्दै श्रमिकलाई लगातार ५ घण्टा काम गरेपछि आधा घण्टा विश्राम लिनु पर्ने छ ।
ओटी बढी समय काममा लगाउने सम्बन्धी व्यवस्थामा रोजगारदाताले कुनै श्रमिकलाई दफा २८ को अधिनमा रही गरेको कार्य समयभन्दा बढी समय काममा लगाउनु परेमा प्रतिदिन ४ घण्टा र एक हप्तामा २४ घण्टाबढी काममा नहुने गरी लगाउन सकिने छ । यस्ता अनेकौं दफाहरु छन् । तर कागजमा भएका ऐन कानुन व्यवहारमा लागु गरिदैनन् ।
रोजगारदाताहरुले ऐन कानुनको सधै धज्जी उडाउदै् आएका छन् भन्दै आगामी दिनहरुमा आम शोषित पीडित मजदूरहरु एक हुनु पर्ने विकल्प नभएको बताउदै प्रशिक्षण दिनु भएको थियो । अन्तमा अध्यक्ष भुपेन चन्दले कार्यक्रम अत्यन्तै अनुशासित र मर्यादित समापन भएको घोषणा गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend