साझा नेटवर्क
तिलु शर्मा पौडेल, दोहा ।
हिमालयलन अन्तर्राष्ट्रिय नेपाली अवार्ड २०१९ मा भाग लिन कतार आएका ३ जना दशानामी कलाकारहरुलाई नेपाल दशनामी समाज साखा कतारले सम्मान गरेको छ । हिजो सनिबार साँझ नज्माको युनिक रेस्टुरेन्टको सभा हलमा सस्थाका अध्यक्ष थम कुमार गिरीको सभापतित्व तथा सस्थाका प्रमुख सल्लाहकार बसन्त राज पुरीको प्रमुख आतिथ्यतामा समपन्न भएको हो ।

त्यस्तै विशेष अथितीहरुमा गण्डकी प्रदेश समन्बय परिषद कतारका उपाध्यक्षद्वय धनन्जय लम्साल र बिकास भुजेल, तनहु सेवा समाजककतारका अध्यक्ष केश गुर्छामान मगर,दाङ देउखुरी समाजका उपाध्यक्ष छबिलाल बुढाथोकी,ब्यावसायी तथा समाजेबी हुत बहादुर क्षेत्री,भरत बहादुर रोका रहेका थिए ।

समाजकी महिला उपाध्यक्ष माया गिरीको स्वागत मन्तब्य सहित अघि बढेको कार्यक्रममा विशेष अतिथिहरुको तर्फबाट धनन्जय लम्सालले सुभकामना मन्तब्य राखेका थिए । उक्त कार्यक्रमबाट लोक गायिका भुमिका गिरी, मोडेल तथा डान्सर सुस्मिता गिरी र आधुनिक गायक कर्णराज गिरी सम्मानित भएका थिए । कलाकारहरुलाई सम्मान पत्रले सम्मान गर्दै मायाको चिनोले प्रदान गरिएको थियो ।


सम्मान गढ़ं पछी बोल्दै कलाकारहरुले प्रबासमा पनि आफ्नो समुदायले सम्झेर गरेको सम्मान प्रती आभार प्रकट गर्दै साँगितिक क्षेत्रमा निरन्तर लागिरहने उर्जा मिलेको बताएका थिए । कार्यक्रमको अन्त्य तिर बोल्दै प्रमुख अतिथि पुरीले कलाकार सबैको साझा रहन सक्नु पर्ने तर आफनो जात धर्म सस्कार के हो भन्ने कुराबाट टाडा रहन नहुने बताएका थिए ।
समाजका वरिष्ठ उपाध्यक्ष पदम गिरीले संचालन गरेको कार्यक्रमको समापन गर्दै सभापति गिरीले आगामी दिनमा समाजले गर्ने हरेक किसिमका साँगितिक कार्यक्रममा आफनै समुदायको कलाकारलाई स्थान प्रदान गरिने बताउदै अवार्ड जितेका सबै कलाकारलाइ बधाई दिदै कार्यक्रमको समापान गरेका थिए । स्मरण रहोस नेपाल दशनामी समाज साखा कतारको स्थापना २०१७ मा भएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend