साझा नेटवर्क
साझा नेटवर्क, दोहा ।
हिमालय अन्तर्राष्ट्रिय नेपाली अवार्ड २०१९ मा भाग लिन कतार आएकी म्याग्देली लोक तथा दोहोरी गायिका अमृता श्रीपाल सम्मानित भएकी छिन । सनिबार साँझ कार्यक्रम नज्माको गोर्खा रेस्टुरेन्टमा सस्थाका का.बा अध्यक्ष तिलु शर्मा पौडेलको सभापतित्व तथा मोना आइसिका उपाध्यक्ष प्रेम रसाइलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

मोना आइसिका सचिब बिक्रम कार्की, आइसिका सदस्य नगेन्द्र फगामी तथा कल्पना पौडेल लगायत बिसेष अतिथि रहेका थिए भने अन्य म्याग्देलीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष चित्र बहादुर चोखालले राखेका थिए । कार्यक्रममा बोल्दै सचिब कार्कीले म्याग्दीको सान बनेर फराकिलो आकाशमा चम्किरहनु भन्दै अवार्ड जितेकोमा बधाई सहित सुभकामना दिएका थिए ।

खादा, दोसल्ला, सम्मान पत्र र मायाको चिनो प्रदान गरि सम्मान गरिएको उक्त सम्मान कार्यक्रममा बोल्दै गायिका श्रीपालले विदेश भ्रमण पहिलो पटक भएको हुदा धेरै अप्ठ्यारो र अन्योलता महसुस गरेको बताइन । म्याग्दीको भक्मिले गाउ देखि कतार सम्मको यात्रा सम्झेर भाबुक बन्दै मोना कतारलाइ अजिबान माया गरि रहने बाचा गरिन ।
प्रमुख अतिथि रसाइलीले म्याग्दी जिल्ला र मोनाको बारेमा कलाकारले बेवास्ता गर्ने गरेको बुझेर पनि बुझ पचाएको जस्तो गर्ने गरेको आफुलाई महसुस गरेको हुदा सनागीतिक यात्राको दौरान मोनालाई पनि आफना श्रीजनामा समेट्दै अघि बढ्न सुझाब दिएका थिए ।
देबी कंडेलले संचालन गरेको कार्यक्रमको समापन गर्दै सभापति पौडेलले साँगितिक क्षेत्रमा बिबिध किसिमको विभेद रहेको हुदा त्यसलाई चिरेर बहिनि कतार सम्म आएर अवार्ड उचाल्नु आफैमा महान सफलता हो भन्दै आजिबन गित संगीत मै रहेर जिबन व्यतित होस् भनी सुभकामना दिदै कार्यक्रमको समापन गरेका थिए । श्रीपालले तिज गित ओठ बिगार्यो बिजुली खैनिले भन्ने गीतबाट अवार्ड हात पारेकी हुन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend