logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा भ्रष्टचार बिरुद्ध नागरिक निगरानी संस्था गठन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी फागुन ३ ।
समाजमा बढदो भ्रष्टचार रोक्नको लागि अख्तियारले नागरिकसँग सहकार्य गरेर अगाडी वढन सुरुवात गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नम्बर ५ ले शुत्रवार गुल्मीको सदरमुकाम तम्घासमा अन्तरक्रियार गरेर नागरिसँग सहकार्य गर्नको लागि तदर्थ समिति गठन गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नम्बर ५ प्रमुख रबिलाल पन्थ, गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललेको उपस्थितिमा जिल्ला स्थित बिभिन्न नागरिक सामाज, सामाजिक ब्यक्तित्वहरुसँग अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नम्बर ५ ले भष्टचारलाई रोक्नको लागि स्थानिय नागरिसँग सहकार्य गर्न भन्दै भ्रष्टचार बिरुद्ध नागरिक निगरानि संस्थाको तदर्थ समिति गठन गरेको छ ।

आयोगले नागरि समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेयको अध्यक्षतामा १५ सदस्यि तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्ष भगवती श्रीस,सचिवमा रामचन्द्र पन्थी, सहसचिवमा अनिल खत्री, कोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल रहेका छन् ।

सदस्याहरुमा बिष्णप्रसाद भण्डारी, जनार्दन घिमिरे, प्रेमराज आचार्य, श्यामकुमार पाण्डेय, गोपाल खनाल, चिरन्जिवी शर्मा, मिनप्रसाद ज्ञवाली, ठाकुरप्रसाद खनाल, दुर्गाप्रसाद पाण्डेय, हिरा कुँवर रहेका छन् । नव गठित समितिका अध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नम्बर ५ प्रमुख पन्थले संस्थाको बिधान र माइनट हस्तातरण गरेका थिए ।

उनले हस्तातरण गर्दै आयोगका प्रमुख पन्थले यो संस्थाले भ्रष्टचार नियन्त्रण र सुशान प्रर्बद्धनका निम्ति बिभिन्न गतिबिधीहरु संञ्चालन गर्ने बताए । उनले जिल्लाबाट भ्रष्टचारलाई निवारण गर्नमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने क्रियाकलापहरुमा सहयोग गर्नको निम्ति यो संस्थापनि लागि पर्ने बताए ।

नव गठिन तदर्थ समितिलाई बधाइ दिदै गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले समाजमा वढदो भ्रष्टचारलाई यस संस्थाले सुस्म ढंगले निगरानि राखेर स्थानिय नागरिकसँग सहकार्य गरेर अगाडी बढनु पर्ने बताए । उनले यो संस्थाको मुख्य गरि भ्रष्टचारलाई रोकेर समाजमा शुसान प्रबद्र्धन गर्नु उदेश्य रहेको बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग परिक्षणको रुपमा नेपालका ७ वटा प्रदेशका १४ वटा जिल्लाहरुमा पहिलो चरण भ्रष्टचारलाई रोक्नको निम्ति स्थानिय नागरिकसँग सहकार्य गर्न भन्दै यस्तो संस्था गठन गर्दै आएको छ । प्रदेश नम्बर ५ मा रुपन्देही जिल्ला र गुल्मी जिल्ला रहेका छन् ।

आयोगले रुपन्देही जिल्लामा यस अघि नै गठन गरेको जनाएको छ । गुल्मीमा गठन भएको तदर्थ समितिले तिन महिना भित्र संस्था दर्ता, बिधान तयार गरेर साधारण सभा समेत गर्ने गरि काम गर्ने नव गठित तदर्थ समिति अध्यक्ष पदमप्रसाद पाण्डेयले प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend