logo
  • शनिबार, भाद्र २० २०८३

दोस्रो मिस जापान नेपाल प्रतियोगिताको फाराम खुल्ला


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क टोकियो,फागुन ३ ।

जापानमा रहेका नेपाली किशोरीहरुको बौद्धिकता क्षमता अभिवृद्धि र सुन्दरता प्रस्फुटनको अवसर प्रदान गर्ने उद्धेश्यले दोस्रो मिस जापान नेपाल प्रतियोगिताको फाराम खुल्ला गरिएको छ । शिन्जोउ कर्पोरेशनको आयोजनामा हुन लागेको दोस्रो प्रतियोगिताको फर्म आज फेब्रुवरी १५ तारिखबाट खुल्ला गरिएको आयोजक संस्थाका अध्यक्ष उत्तम श्रेष्ठले जानकारी दिनुभएको छ । यस पटकको मिस जापान नेपाल प्रतियोगितामा सहभागीहरुलाई तालिम सहित निर्णायकको भूमिकामा समेत मिस नेपाल आयोजक संस्था हिडेन ट्रेजरले सहयोग गर्ने भएको छ । यसका साथै मिस जापान नेपाल फिनालेमा निर्णायकको रुपमा मिस नेपाल सहित हिडेन ट्रेजरका निर्देशकको समेत सहभागीता रहने भएको छ ।

मिस जापान नेपाल ग्राण्ड फिनाले भने आगामी अप्रिल महिनाको ७ तारिख आईतबारका दिन राजधानी टोकियो स्थित नाकानो जेरो हलमा गरिने बताइको छ । ग्राण्ड फिनालेमा निर्णायकको रुपमा मिस नेपाल २०१८ की बिजेता श्रृंखला खतिवडा सहित दि हिडेन ट्रेजरका गोपाल सुन्दरलाल कक्षपती रहने आयोजकले बताएको छ । बिजेताले क्राउन,नगद र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीताको अवसर प्राप्त गर्नेछ । मिस जापान नेपाल बिजेता सहित फस्ट रनरअप र सेकेण्ड रनरअपहरुले नगद पुरस्कार सहित क्राउन एवं सम्मानपत्र पाउने आयोजक संस्था शिन्जोउ कर्पोरशनले जनाएको छ ।

कार्यक्रमका संयोजक समेत रहेका निराजन गैरेका अनुसार तीन शिर्ष टाईटल सहित यसपटक अन्य १५ विषयका प्रतिभाहरुलाई समेत पुरस्कृत गरिने भएको छ । संयोजक गैरेका अनुसार त्यसै अनुसार १५ टाईटल निर्धारण समेत गरिएको छ । जस्मा मिस बेस्ट क्याटवाक,मिस फोटो जेनिक,मिस ट्यालेन्ट,मिस ईन्टेलेक्चुअल,मिस कन्जेनियल,मिस मल्टिमिडिया,मिस पब्लिक च्वाईस,मिस फेस्ट पर्फमेन्स,मिस बेस्ट हेयर,मिस बेस्ट स्किन,मिस बेस्ट स्माईल,मिस बेस्ट फिगर,मिस बेस्ट पर्सनालिटि,मिस कन्फिडेन्ट,उत्कृष्ठ पहिरन,बिजेता,फस्ट रनरअप,सेकेण्ड रनरअप गरी विभाजन गरिएको छ । प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउने लक्ष्य सहित आयोजक संस्थाले आर्थिक बिभागको जिम्मेवारी आस्था गुरुङलाई दिएको छ भने कार्यक्रमको सांगितिक सहित अन्य पाटोमा जापानमा नेपाली डिजेको रुपमा परिचित जोन छन्त्याललाई तोकिएको छ । यसैगरि कार्यक्रम व्यवस्थापनको जिम्मेवारी कासाङ लामालाई दिएको छ। राजधानी टोकियो बाहिर फुकुओकामा पनि अडिसन लिईने भएको छ । फुकुओका र आसपासमा रहनुहुनेले हाकाता स्टेशन फुकुओका सिटी हाकाता कुमा रहेको श्री गणेश बुटिक एण्ड कलेक्सन वा प्रोपाईटर नितु दाहाललाई सम्पर्क गरेर समेत आवेदन फर्म भर्न सक्ने वताएको छ ।

अनलाईन मार्फत जापानमा रहनुहुने अविवाहित किशोरीहरुले मिस जापान नेपालमा आवेदन दिन सक्नेछन् । यसको लागि मिस जापान नेपाल डटकममा गएर फर्म भर्न सकिनेछ । यसैगरि प्रतियोगितामा सहभागीहरुको लागि ड्रेस डिजाईन सहित स्पोन्सरको रुपमा मलमल क्रियशनले काम गर्ने भएको प्रोपाईटर सोनी सिंजाली मगरले बताए ।

मिस नेपाल जापानको उपाधि बिजेताले यसअघि मिस नेपाल प्रतिस्पर्धाको कुनै एक टाईटल बिजेताले लिंदै आएको विभिन्न अन्र्तराष्ट्रिय प्रतिस्पर्धामा मध्ये कुनै एकमा प्रस्पिर्धीको रुपमा समेत अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिभा प्रस्फुटन गर्न पाउने सर्त सहित सम्झौताको तयारी भईरहेको आयोजकले जनाएको छ । यसबारेमा छिट्टै खवर सार्वजनिक गरिने कर्पोरेशनले जानकारी दिएको छ । मिस जापान नेपाल प्रतियोगितामा सहभागी हुन चाहनेहरुले मात्र २ हजार येन शुल्क बुझाउनुपर्नेछ । गत बर्ष बिजेतालाई १५ मान येन नगद पुरस्कार,क्राउन लगाउत उपहार प्रदान गरेको आयोजकले यस पटक दिईने नगद पुरस्कार सहित अन्य उपहारहरुबारे छिट्टै सार्वजनिक गर्ने जानकारी दिएको छ । फर्म भरेकाहरुबाट अडिसन लिएर पास भएकाहरुलाई आयोजक शिन्जोउ कर्पोरेशनले १० दिने विशेष तालिम प्रदान गर्ने भएको छ । तालिममा नेपालबाट आउनुभएका कोच तथा निर्णायकहरुले बौद्धिक ज्ञान,मोडलिगं,कोरियोग्राफि लगायत विभिन्न पक्षबारे तालिम प्रदान गर्नुहुने भएको छ । अडिसनबाट उत्कृष्ठ प्रतिस्पर्धीको छनौट गरि फिनालेमा लगिनेछ । फिनालेमा मिस नेपाल,दि हिडेन ट्रेजर प्रमुख,मोडलिगं तथा कोरियोग्राफी क्षेत्रका चर्चित अन्य नेपाली र जापानी निर्णायकहरु समेतले फिनालेबाट बिजेता छनौट गर्ने छन् । ग्राण्ड फिनालेमा नेपालबाट चर्चित गायक गायिकाहरुले आफ्नो सांगितिक प्रस्तुती देखाउने भएका छन् । यसको लागि भिषा प्रक्रियामा रहेकाले भिषा लागेपछि कलाकारहरुको नाम सार्वजनिक गरिने आयोजक शिन्जोउ कर्पोरेशनले जनाएको छ । लोकप्रिय गायक गायिकाहरु समेत सहभागी गराएर कार्यक्रमलाई बृहत सांस्कृतिक मनोरञ्जनका रुपमा समेत भव्य बनाउने तयारी भईरहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend