logo
  • सोमबार, असोज १२ २०८३

समाचार प्रभाव ः मृगौला पिडित कमललाई अढाई लाख सहयोग


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

 

हुमाकान्त पोखरेल, गुल्मी ।

०३ फागुन । दुवै मृगौला फेल भई जिवनमरणको द्धसाधँमा रहेका इश्मा गाउँपालिका १ हस्तिचौरका २८ बर्षिया कमल कुमाललाई आर्थिक सहयोग जुट्न थालेको छ । विभिन्न मिडियामा समाचार प्रकाशन–प्रशारण भएपछि तथा स्थानीय शिक्षक समेत रहेका बाबुराम पन्थीले फेसबुकमार्फत अभियान चलाएपछि रकम जुट्न थालेको हो ।

 

अहिलेसम्म कुल दुई लाख ४० हजार संकलन गरिएको फेसबुक अभियान्ता पन्थीले जानकारी दिए । स्वदेश तथा जापान, कोरिया, साउदी, मलेसिया, कतार, युके, भारत लगायतका देशमा भएका नेपाली नागरिकहरुले उक्त रकम प्रदान गरेका हुन् । काठमाडौको भक्तपुरस्थित मानव अगं प्रत्यारोपण केन्द्रमा एकपटक डाइलसिस भयो ।

 

त्यसपछि आर्थिकको अभावमा घर फर्किएका पिडित परिवारले नगद बुझि पुन डाइनोसिसको लागि बुटबलको क्रिन्सन हस्पिटलमा उपचारको लागि गएका छन् ।

विगत आठ बर्षदेखि भारतमा मजदुरी गर्न थालेका कुमाल एक्कासी बिरामी परे । हस्पिटलमा जाँच गराउदा दुवै मृगौला फेल भएको भेटियो । त्यसपछि साहुले घर फर्काइदियो । उनको उपचारका लागि लाग्ने कुल रकम यकिन नभएपनि करिब १५ लाख लाग्ने अनुमान गरिएको छ ।

 

उपचारको लागि काठमाडौसम्म जानको लागि परिवारसँग आवश्यक रकम समेत थिएन । त्यसपछि गाउँपालिकाले यातायात खर्चस्वरुप पाचँ हजार उपलब्ध गरायो । भने स्थानीय शिक्षक बाबुराम पन्थीकै सक्रियतामा फेसबुकबाट अभियान चलाई झण्डै पाचँ हजार संकलन गरिएको थियो ।

 

त्यसका साथै वडा र गाउँपालिका कार्यालयबाट ‘विपन्न नागरिक औषधी उपचार निर्देशिका’ अनुसार सहयोग गर्न अनुरोध गरिएको छ । शिक्षक पन्थीले पनि स्वदेश तथा विदेशमा रहनुहुने सबैलाई आर्थिक सहयाग गरी कमल कुमालको ज्यान बचाइदिन आग्रह गरे । सहयोगको लागि परिवारले नेपाल एस. बि. आई. बैंकमा निज बिरामी श्रीमती लक्ष्मी कुमालको नाममा रहेको खाता नम्बर २०९१५२४३४००८२१ मा रकम जम्मा गरिदिन उनले आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend