logo
  • सोमबार, असोज १२ २०८३

गाउँको विद्यालयलाई १८ रोपनी जग्गा तथा १० लाख सहयोग


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, गुल्मी फागुन १ ।
नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका वडा नं. २ मा संचालित धनधान्यान्चल महायज्ञ वाट झण्डै सवा करोड रकम संकलन भएको छ। स्थानिय रामचन्द्र घिमिरेले आज अन्तिम दिन १८ रोपनी जग्गा विद्यालयलाई दान गर्ने घोषणा गरेसंगै विद्यालयको आम्दानी सवाकरोड पुगेको हो।
आर्थिक समितिले सो जग्गाको १८ लाखकै मुल्यांकन गरेको छ। यस अघि मुल समारोहका अध्यक्ष समेत रहनुभएका स्थानिय कृष्ण प्रसाद घिमिरेले १० लाख घोषणा गर्नुभएको थियो। १० लाख भन्दा माथि सहयोग गर्ने सहयोगदाताको विद्यालय परिषरमा अर्धकदको शालिक निर्माण गरिने विद्यालयले जनाएको छ।
आज अन्तिम दिन पूर्व सांसद तथा नेपाली काग्रेसका नेता चन्द्र भण्डारी, नेपाली काग्रेसका गुल्मी सचिव खिलध्वज पन्थी, नेकपा मुसिकोट नगरकमिटि संयोजक खुम वहादुर थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
विद्यालयमा प्राविधिक कृषि धार संचालन गर्ने भन्दै हिरक महोत्सवको अवसरमा धनधान्यान्चल यज्ञ मार्फत सो रकम संकलन गरिएको हो। यज्ञ ७ दिन सम्म संचालन भएको थियो। सो अवसरमा सहयोग गर्ने सवै सहयोगदाताहरुलाई सम्मान गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend