logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मी सेवा समाजले वनभोज तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्दै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क,  कतार ।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निःस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ सामाजिक क्षेत्रमा सकृय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाज कतारले गुल्मेली मिलन तथा सातौं वनभोज कार्यक्रम आन्तरिक रुपमा आयोजना गर्ने भएको छ । कार्यक्रम आगामी मार्च ०८ तारिखका दिन कतारको साहनिया स्थित अल दोसरी जु पार्कमा आयोजना गरीने भएको हो ।

कर्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतिहरु रहने भएको छ । समाजले उक्त कार्यक्रमका लागि  नेपालबाट राष्ट्रिय कलाकाहरु ल्याउने तयारी समेत गरिरहेको छ । कार्यक्रममा कतारमा रहेका गुल्मेली तथा अन्य कलाकारहरुको विविध साँस्कृतिक प्रस्तुतीहरु रहने बताइएको छ ।

कतारमा रहेका नेपालीहरु एवम विशेष गरी गुल्मेलीहरुलाई उक्त कार्यक्रममा उपस्थित गराउने, कतारमा रहेका नेपालीहरु बिच भेटघाट, प्रदेशमा रहेपनि स्वदेशी परीकारहरुको खानपान साथै विविध साँस्कृतिक प्रस्तुतिहरुले स्वच्छ मनोरञ्जन दिने कार्यक्रमको लक्ष्य रहेको कार्यक्रमका संयोजक कुमार अविरल पन्थीले जानकारी दिए ।

रोजगारीका सिलसिलामा आफ्नो जन्मभूमि छोडेर कतारलाई कर्मभुमि बनाई श्रम गरिरहनु भएका गुल्मेलीहरुलाई गुल्मी सेवा समाजसँग आवद्ध हुन समाजका अध्यक्ष झविन्द्र आचार्यले आग्रह गरेका छन् । उक्त दिनमा यहाँ स्थित सम्पूर्ण संघ सस्थाहरुलाई कार्यक्रम नजुधाई दिन समेत अनुरोध गरे ।

गुल्मी सेवा समाज कतारले प्रवासमा रहेका नेपालीहरुलाई स्वदेशको झल्को मेटाउने एउटा छुट्टै किसिमको कार्यक्रमको आयोजना गरेको उल्लेख गरिएको छ । समाजले बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो ।

कतारमा रहेका गुल्मेली एवम गैर गुल्मेलीहरु उक्त कार्यक्रममा सहभागी हुन् पाउने छन । श-शुल्क आयोजना गरिएको कार्यक्रम स्थलमा जान आउनको लागि विभिन्न ठाउबाट यातायातको समेत व्यवस्था गरीएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend