logo
  • शुक्रबार, असोज ९ २०८३

चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र ‘हर्के हल्दार’ ४०० भागमा प्रवेश


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ : बिगत ९ बर्ष देखि निरन्तर रुपमा कान्तिपुर टेलिभिजन बाट प्रत्येक बुधबार राति ७ बजे प्रसारण भईरहेको चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र ‘हर्के हल्दार’ ४०० भागमा प्रवेश गरेको छ । सम-समाहिक बिषय बस्तुलाई ब्यङ्गत्माक तबर बाट सामाजिक सदभाब फैलाउदै हरेक नेपालीको मन मुटुमा बस्न सफल टेलिचलचित्र ‘हर्के हल्दार’ ४०० भाग सम्म आइपुग्दा हरेक नेपालीको ढुकढुकी बन्न सफल भएको छ ।

 

समाजका विसंगति विकृतिहरु माथि चोटिलो प्रहार गर्दै आएको ‘हर्के हल्दार’ ले निरन्तर रुपमा सफलता हासिल गर्दै गएको छ । कान्तिपुर टेलिभिजनको एक मात्र चर्चित हास्य टेलीसिरियल हर्के हल्दार दर्शकहरुको अपार मायाले गर्दा प्रत्यक हप्ता युट्युब ट्रेडिङ्गमा समेत पर्दै आएको छ ।

 

 

शिव शर्माको लेखन रहेको हर्के हल्दार को मुख्य भूमिकामा बिष्णु सापकोटा( हर्के र लाउरे) दोहोरो भूमिकामा, शिबहरि बैरागी(झम्के), सुरेन्द्र केसी (झगडे बिष्ने), जयनन्द लामा(ग्याल्बो), सुशील पोखरेल, मंजु श्रेष्ठ, रोशनी सापकोटा(बाहुनी), इन्द्र दोङ्ग खम्बे, शिब शर्मा, सरु दाहाल(देउती), अश्मिता बस्नेत(थुम्की), शान्ति बस्नेत(बाग्मती), रचना पौडेल(बास्मती), शर्मिला शर्मा, राजेन्द्र गिरि(गुन्द्रुके),यदु धिताल,लक्ष्मण बस्नेत, निशान चिल्वाल, धर्मराज जैसी(जोगेलो), दिपेन्द्र सिलवाल, श्याम लामा, खेम खनाल तथा मिना राइ रहेका छन छायाँकार बुद्ध थापाको छायांकन रहेको यस टेलिचलचित्रको मेकअपमा नबराज बखती तथा संजय लामा रहेका छन् भने सम्पादनमा राज कार्की रहेका छन् ।

 

निर्माता इन्द्र दोङ्ग लामाको निर्माण रहेको यस चर्चित हास्यब्यङ्ग टेलिचलचित्र हर्के हल्दारलाइ बिष्णु सापकोटा तथा इन्द्र दोङ्ग लामाले निर्देशन गरेका छन् । समय सापेक्ष तथा दर्शकहरुको मागलाई ध्यान दिदै हर्के हल्दार विभिन्न परिबेशमा परिबर्तन गर्दै दर्शकहरुलाइ नया नया स्वाद दिन पनि सफल भएको छ । आगामी दिनहरुमा समेत नयाँ नयाँ प्रस्तुति दिएर दर्शकहरुको मन जित्दै आउने कुरा निर्देशक बिष्णु सापकोटा बताउछन ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend