गौमुखी गाउँपालिका ३ (साविक पुजा १) घर भइ रुपन्देही बुटवल उप– महानगरपालिका १२ नयाँगाउँ लुकिछिपी बस्दै आएका ३३ वर्षका रमेश मल्ललाई ६ वर्ष पछि आइतवार समातेको जिल्ला प्रहरी प्रमुख निर्मल बुढाथोकीले जनाकारी दिए ।
प्रहरी हवल्दार रविन्द्र बिक्रम सहितको टोलिले बुटवल स्थित नयाँगाउँबाट मल्ललाई पक्राउ गर्न सफल भएको हो । हत्यापछि रमेश मल्ल फरार हरेको थिए ।
पक्राउ पछि प्रतिवादी रमेशलाई (आज) सोमबार प्यूठान जिल्ला अदालतमा पेश गरी अदालतको आदेश अनुसार कानुन बमोजिम कैद भुत्तानका लागि कारागार पठाइएको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए ।
सम्मानित जिल्ला अदालत प्यूठानले कर्तव्य ज्यान मुद्धामा मल्ललाई २०७२ भदौ २८ गते १९ वर्ष ११ महिना ५ दिन कैद सजायको फौसला गरेको थियो ।
