logo
  • शनिबार, साउन ३० २०८३

गुल्मी सेवा समाज कतारद्वारा छात्रवृति वितरण


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क/सुरज बिसी, दोहा ।
गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निःस्वार्थ समाज सेवा आजको आवस्यकता भन्ने मूल नाराका साथ सामाजिक क्षेत्रमा सकृय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाज कतारले जिल्लामा छात्रवृत्ति वितरण गरेको छ।

समाजले गत माघ ११ गते जिल्लाको मुसिकोट नगरपालिका वार्ड नम्बर ५ आँपचौर इन्द्रेगौडामा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी सोहि विद्यालयका नर्सरी देखि कक्षा ५ सम्म अध्ययनरत ११ जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको हो ।

कार्यक्रममा बोल्दै बिद्यालयका प्रअ डिलबहादुर अधिकारिले समाजको सह्रानीय कार्यले आफु निकै खुसि भएको बताउदै प्रवासबाट समाजले जिल्लाका लागि चलाएको अभियानले बिद्यार्थीको मनोबल बृद्दि गर्ने कार्य गरेकोमा धन्यबाद ब्यक्त गरे ।

समाजले जिल्लाका नगरपालिका तथा गाउपालिकाका विभिन्न विद्यालयहरुमा छात्रवृति वितरण कार्यक्रम सम्पन्न गरिसकेको छ । त्यस्तै विभिन्न समयमा जिल्लामा भइ परी आउने समस्यामा समेत आर्थिक सहयोग उपलब्ध गराउदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend