logo
  • शनिबार, साउन ३० २०८३

मृगौला पिडितलाई तनहुँ सेवा समाजको आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

तिलु शर्मा पौडेल ।
तनहुँ सेवा समाज दोहा कतारले मृगौला पिडितलाई आर्थिक सहयोग गरेको छ । जिल्लाको घिरिङ गाउपालिकामा स्थायी बसोबास भए पनि हाल नवलपुरमा बस्दै आएकी मृगौला रोगि राममाया रानाभाटलाइ सहयोग गरेको हो ।

अस्पतालको रिपोर्ट अनुसार मृगौला प्रत्यारोपण गर्नु पर्ने र बिरामीको आर्थिक अबस्था एक दम कमजोर रहेको हुदा बिरामीका आफन्तले आर्थिक सहयोगका लागि समाज संग याचना गरेका थिए । लगत्तै सस्थाले सह कोषाध्यक्ष पदम बहादुर रानाभाटको संयोकत्वमा एक समिति गठन गरि २५५०० आर्थिक संकलन गरेको थियो ।

सन्कलित रकम सस्थाका महासचिव पदम गिरीले पीडित महिलाको अस्थायी बसोबास रहेको ठाउमा पुगी स्थानिय समाजसेवी दिपक तामाङ,राजन कटुवाल,भोज बहादुर क्षेत्री र सकृय महिला समाजसेवी कमला के सि को उपस्थितिमा पीडित महिलाको श्रीमान यम बहादुर रानाभाटलाई हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थिति स्थानीय समाजसेवीहरुले तनहुँ सेवा समाजको सामजिक कार्यको खुलेरै प्रसंशा गरेका थिए भने पीडितको श्रीमानले सस्था र आर्थिक सहयोग दाता सबैलाइ धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend