साझा नेटवर्क
हुमाकान्त पोखरेल
गुल्मी
२१ माघ । नेपाली काङ्ग्रेस गुल्मीले सोमबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । देशैभर गर्ने विरोध प्रदर्शनको कार्यक्रमस्वरुप गुल्मीमा पनि प्रदर्शन गरिएको हो । पछिल्लो समयमा सरकारले गरेका खराब कामको विरुद्ध आफूहरुले प्रदर्शन गरेको नेपाली काङ्ग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले जानकारी दिए ।

‘न्यायको घाँटी रेटियो, कम्युनिष्ट सरकार देखियो’ जस्ता नारा लगाउदैँ काङ्ग्रेस प्रदर्शनमा उत्रेका थिए । वि.पि. स्मृती भवन क्याम्पसरोडबाट सुरु भएको नारा–जुलुस बजार परिक्रमा गर्दै बालमन्दिरमा कोण सभामा परिणत भएको थियो । कार्यक्रममा बोल्ने अधिकाशं वक्ताले सरकार अधिनायकवातर्फ उन्मुख भएकोले सजग रहन आग्रह गरे ।
‘बढ्दो महंगी, भ्रष्टाचार, अनियमितता जस्ता कुराले देश थला पर्न लागेको छ ।’ प्रमुख अतिथि समेत रहेका काङ्ग्रेस गुल्मीका पूर्व सभापति सुरेश चन्द्र भुसालले भने, ‘यसमा सरकार गम्भिर बन्नुपर्छ ।’ काङ्ग्रेसले विभिन्न १६ माग राख्दै प्रदर्शन गरेको छ । सरकारले अधिनायकवाद त्याग्नुपर्ने, संसदिय सर्वोच्चता कायम गर्नुपर्ने, भ्रष्टाचार न्यूनिकरण गर्नुपर्ने, राज्य आतंक बन्द गर्नुपर्ने, संसदीय मर्यादा पालना गर्नुपर्ने, हत्याहिंसा बन्द गर्नुपर्ने काङ्ग्रेसका माग रहेका छन् ।
त्यस्तै बाइवडी भ्रष्टाचारी र निर्मला हत्याका दोषिलाई कारवाहि गर्नुपर्ने, डा. गोविन्द केसीसँग भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने, चर्को मुल्यबृद्धि नियन्त्रण गर्नुपर्ने, तेत्तिस किलो सुन प्रकरणका गिरोहलाई कारवाहि गर्नुपर्ने, सुशासन कायम गर्नुपर्ने, अनियमित बुढीगण्डगी ठेक्का बदर गर्नुपर्ने, विधिको शासन पालना गर्नुपर्ने र राज्य संचालन पादरर्शी ढंगले गर्नुपर्ने माग राखेको काङ्ग्रेस जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्रीको पुत्ला दहन
यसैबिच नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ र नेपाल तरुण दल जिल्ला कार्य समिति गुल्मीले आइतबार सदरमुकाम तम्घासमा प्रधानमन्त्री के.पी. शर्मा ओलीको पुत्ला दहन गरेको थियो । देशमा अन्याय, अत्याचार र भष्ट्राचार बढीरहेपनि सरकार मुखदर्शन जस्तै बनेकोले पुत्ला दहन गरिएको नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति गुल्मीका कार्यवाहक सभापति झविन्द्र पाण्डेले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend