logo
  • सोमबार, असोज १२ २०८३

नेकपा निकटका दुई शिक्षक संगठन भेला कुश्मिसेरामा सम्पन्न ।


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

 

कमल पौडेल

२० माघ २०७५-बडिगाड, बागलुङ

नेपाल राष्ट्रिय शिक्षक संगठन तथा एकिकृत अखिल नेपाल शिक्षक संगठनको जैमिनि नगरपालिका तथा वरेङ गाउँपालिका स्तरीय संयुक्त भेला कुश्मिसेरामा सम्पन्न भएको छ। सो भेलाको उद्घाटन गर्दै एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य हर्क पौडेलले शिक्षकहरुले गुणस्तरीय अध्यापन संगै ट्रेड युनियन अधिकार सुरक्षीत गर्न लाग्नुपर्ने वताउनु भएको छ।

 

काँधमा जिम्मेवारी वहन गर्दै पेशागत अधिकार र सुरक्षाको लागि राज्यसंग निरन्तर संघर्ष गरिरहनु परेको वताउँदै पौडेलले शिक्षकहरुका मागमा राज्यको ध्यान जानुपर्ने वताउनु भएको छ।

 

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसाल, नेपाल कम्यूनिष्ट पार्टि (नेकपा)का नेता राजिव घिमिरे, जैमिनि नगरपालिकाका उपप्रमुख लिला राना, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष गोविन्द भण्डारी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष नागेन्द्र खरेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिव कृष्ण भट्टराई, केन्द्रिय प्रतिनिधि धनिश्वर पौडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

 

भेलाले दुवै संगठनको नविकरण माघ मसान्त सम्म सक्ने, माघ २५ भित्र बरेङ र जैमिनिको सदस्यता विवरण तयार गर्ने, फागुन १५ गते भित्र कुनै रचनात्मक कार्यक्रम गरि विद्यार्थी पुरस्कृत गर्ने लगाएतका निर्णयहरु गरेको छ। भेला रेशम प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend