logo
  • सोमबार, असोज १२ २०८३

हिमालय माविमा राष्ट्रिय निबन्ध प्रतियोगिता सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल,गुल्मी माघ १९ ।
हिमालय माध्यमिक विद्यालय इश्मा गाउँपालिका १ हस्तिचौरमा राष्ट्रिय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालय काठमाडौको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । ‘मानवीय सेवामा स्वयम्सेवी भावना’ शिर्षकमा भएको निबन्ध प्रतियोगितामा १६ जिल्लाका ४७ विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । जसमा नवलपरासी स्थित अन्नपूर्ण अङ्ग्रेजी माध्यमिक विद्यालयका छात्र विवस परियार प्रथम भएका छन् ।

त्यस्तै काठमाडौस्थित कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका छात्र राहुल कुमार ढकाल द्धितिय, बाग्लुङको फ्युचर ब्राइटर माध्यमिक विद्यालयका छात्र गणेश कार्की तृतिय तथा ताप्लेजुङ्गस्थित लिटिल बुद्ध आवासिय माध्यमिक विद्यालयका छात्र निर्मल बुढाक्षेत्री सान्तवना भएको हिमालय माविका शिक्षक मन बहादुर खत्रीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय सान्तवना हुनेलाई क्रमश : पाचँ हजार, चार हजार, तिन हजार र १५ सयका दरले पुरस्कार प्रदान गरिनेछ । विजेताहरुलाई नेपाल रेडक्रस सोसाईटीको आगामी राष्ट्रिय गोष्टिको अवसर पारेर प्रदान गरिने शिक्षक खत्रीले जानकारी दिए ।

कार्यक्रम नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गुल्मीका जुनियर/ युवा संयोजक विष्णु प्रसाद भण्डारीको अध्यक्षता, केन्द्रिय सदस्य शशी पन्थीको प्रमुख आतिथ्यता, संरक्षक दधिराम पन्थीको स्वागत मन्तब्य तथा खत्रीको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend