साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी माघ १८ ।
गुल्मीका सामुदायिक क्याम्पसहरुलाई प्रदेश मन्त्रालयबाट एक करोड ६८ लाख विनियोजन भएको छ । ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयबाट उक्त रकम विनियोज गरिएको हो ।
जसमा विभिन्न ७ विद्यालयहरुलाई भवन निर्माण, कम्पाउण्डा वाल निर्माण, शौचालय निर्माण, विज्ञान प्रयोगशाला, मर्मच तथा खानेपानी लगायतका शिर्षकमा उक्त रकम विनियोजन भएको मन्त्रालयका नायब सुब्बा कमल पन्थीले जानकारी दिए ।
भवन निर्माणतर्फ अर्वेनीको भगवती मावि र चन्द्रकोट गाउँपालिकास्थित सरस्वती माविलाई २०/२० लाखको दरले ४० लाख विनियोजन भएको छ । कम्पाउण्ड वालतर्फ चार विद्यालयलाई पाचँ÷पाचँ लाखका दरले २० विनियोजन गरिएको छ । जसमा कालिगण्डगी गाउँपालिका १ स्थित देउराली मावि, रुरु गाउँपालिका ५ स्थत जनज्याती प्रावि, मालिका गाउँपालिका ४ स्थित ठूलिचौर प्रावि र धुर्कोट गाउँपालिका ६ स्थित धुर मावि रहेका छन् ।
त्यस्तै शैचालय निर्माणतर्फ पाचँ विद्यालयलाई छ लाख ५० हजारका दरले ३० लाख विनियोजन गरिएको छ । रुरु गाउँपालिका ५ को जनबोध माध्यमिक विद्यालय, चन्द्रकोट गाउँपालिका ७ को शारदा माध्यमिक विद्यालय, इश्मा गाउँपालिकाको जनज्योति निमावि र धुर्कोट गाउँपालिका १ को नयाँगाउँ मावि लाई उक्त रकम विनियोजन गरिएको पाचँ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालका स्वकिय सचिव यदु ज्ञवालीले जानकारी दिए ।
विज्ञान प्रयोगशालातर्फ आठ विद्यालयलाई प्रतिविद्यालय छ लाख ५० हजारका दरले ५२ लाख विनियोजन गरिएको छ । धर्मपुर मावि सत्यवती, संस्कृत मावि रुरु, जिवनउद्धार मावि कालिगण्डगी, देविस्थान मावि इश्मा, शिवशंकर मावि, मुसिकोट, वाग्ला मावि धुर्कोट र बाँझकटेरी मावि मदानेलाई विज्ञान प्रयोगशालाको लागि बजेट विनियोजन भएको नेकपा नेता वेगम चन्दले जानकारी दिए ।
मर्मत तथा खानेपानीतर्फ १६ विद्यालयलाई प्रति विद्यालय तिन÷तिन लाखका दरले ४८ लाख विनियोजन गरिएको छ । रुरु गाउँपालिका ३ स्थित प्रेमदेवी विष्णुमाया प्रावि, रेसुङ्गा नगरपालिका १२ स्थित हरपोखरी प्रावि, गुल्मीदरबार गाउँपालिकास्थित राजारुन्खा मावि, छत्रकोट गाउँपालिकास्थित जनजागृति माविले बजेट पाएका छन् ।
त्यस्तै रुरु गाउँपालिकाको माधा प्रावि, छत्रकोट गाउँपालिकास्थित मैनाडाडाँ मावि, चण्डीदेवी निमावि र आदर्श आधारभूत विद्यालयलाई बजेट विनियोजन भएको नेकपा गुल्मीका प्रस्तावित सचिव बुद्धि जिसीले जानकारी दिए ।
रुरु ५ स्थित दोवाटा प्रावि, कालिगडगी २ को दभौखानी मावि, सत्यवती ५ स्थित कालिका प्रावि, मदाने ७ स्थित टिमुरखर्क निमावि, रुरु गाँउपालिकास्थित झमादी प्रावि तथा कालिगण्डगी गाँपालिकाको शिद्ध प्रावि र देविस्थान प्राविलाई बजेट विनयिोज गरिएको मन्त्रालयले जनाएको छ ।
छत्रकोट गाउँपालिकाको जनजागृती मावि र सत्यवती गाँउपालिकाको पुष्पमोहन प्राविलाई दुई÷दुई लाखका दरले चार लाख विनियोजन गभएको छ । भने चार विद्यालयलाई खानेपानीको लागि प्रतिविद्यालय एक/एक लाखका दरले चार लाख विनियोजन भएको नेकपा नेता हिरा एसीले बताए ।
जसमा मालिका गाउँपालिका ५ स्थित मालिका प्रावि, मदाने गाउँपालिकाको धाराचौर आधारभूत विद्यालय, रुरु गाउँपालिकाको विष्णु प्रावि र चन्द्रकोट गाउँपालिकाको बालविकास प्राविलाई बजेट विनियोजन भएको एसीले जानकारी दिए ।
गुल्मीमा यसभन्दा करिब एक महिना अगाडी पनि करिब दुई करोड विनियोजन गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend