logo
  • शनिबार, साउन ३० २०८३

चर्चीत कलाकार राणाको निधन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क,काठमाडौं माघ १८ । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको ७९ वर्षको उमेरमा निधन भएको छ । उनकाे उपचारका क्रममा शुक्रबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले जानकारी दिए ।

करिबा ३० वर्ष बेलायतमा बसेका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यका शेक्सपियरका नाटकहरुमा अभिनय गरेका थिए । राणाले विसं २०४१ देखि नेपाली चलचित्रमा पनि अभिनय शुरु गरेर दर्जनाैँ चलचित्रमा अभिनय गरेका थिए ।

उनले अभिनय गरेका दक्षिणा,कोसेली,चिनो,दुई थोपा आँशु,नेपाली बाबु,करोडपति,दर्पण छायाँ–२,सेतो बाघ,हबल्दार,सुन्तली,काफल पाक्यो,सम्बोधन,साथी म तिम्रो,आई एम सरी,दासढुङ्गा,बसन्ती लगायतका चलचित्र तथा दर्जनाैँ टेलिचलचित्रमा अभिनय गरेका थिए ।

काठमाडौँ बूढानीलकण्ठका स्थायी बासिन्दा राणा केही समयदेखि ललितपुरको भैँसेपाटीमा बस्दै आएका थिए । उनका श्रीमती र तीन छोरि रहेका छन् । स्रोत; रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend