साझा नेटवर्क
सर्जना कार्की रुकुम(पूर्व), माघ १८ । रुकुमकोटमा आजबाट यातायातका साधन र बजार ठप्प पारिएको छ । स्वःस्फुर्त रुकुमकोटका यातायात व्यवसायी र व्यापार व्यवसायीहरुले सदरमुकामको लागि भइरहेको आन्दोलनलाइ सहयोग गर्न बजार र यातायातका साधन ठप्प पारेको यातायात व्यवसायी समितिका अध्यक्ष मुलमान बुढाले जानकारी दिनुभयो । रुकुमकोटमा विहानै देखि यातायातका साधनहरु चल्न दिइएको छैन । जसले गर्दा रुकुमकोट भित्रिने र बाहिरीने यात्रुहरु अलपत्र परेका छन् । यसैगरी बजार पनि ठप्प पारिएको छ । सदरमुकामको विषयलाइ लिएर रुकुमकोट र रुकुमकोट आसपासका नागरीकहरु विगत एक वर्षदेखि आन्दो्लित छन् ।
रुकुमकोटमा रहेको जिल्ला सदरमुकाम तत्कालीन शेर बहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते पुथा उत्तरगङ्गा गाउँपालिकाको १२ गोलखाडामा राख्ने निर्णय गरेको थियो । सरकारको त्यस निर्णय विरुद्ध रुकुमकोट र रुकुमकोट आसपासका नागरीकले चर्को नाराबाजि, बन्दहड्ताल गरेका थिए । देउवा नेतृत्व सरकारको त्यस निर्णय विरुद्ध २०७४ माघ १७ मा सर्वोच्चमा रिट दर्ता भएको थियो । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश दिएपछि केहि शान्त भएपनि यहि १४ गतेबाट पुनः आन्दोलनका कार्यक्रमहरु सुरु गरिएको छ । रिट दर्ता भएको एक वर्षएसम्ममा पनि सर्वोच्चे सरकार र रिट निवेदकलाइ पटकपटक पेशि र साधारण तरीकाले बोलाए पनि अहिलेसम्म कुनै फैसला भएको छैन । सदरमुकाम विवादको विषयमा छलफल गर्न दुवै पक्षलाइ सर्वोच्चले आगामि २७ गते बोलाएको छ ।
सोमबारबाट रुकुमकोट बजारक्षेत्रका चोकहरु तथा सीमानामा राके जुलुस, सरकारी कार्यालयहरुमा धर्ना, कोणसभा लगाएतका कार्यक्रमहरु गर्दै आएका रुकुमकोटबासीले आजबाट यातायातका साधन र बजार ठप्प पारेका हुन । भौगोलीक दुरीलाइ मात्र नहेरी पूर्वाधार र जनसख्यालाइ समेत ध्यानमा राखी सदरमुकाम तोक्न स्थानियले आग्रह गर्दै आएका छन् ।
साविक जिल्ला रुकुमको सदरमुकाम समेत यहाँबाट खोसीएको हुदा आफुहरुलाइ पटकपटक अन्याय नगर्न उनिहरुको माग छ । सदरमुकामको लागि आवश्यक संरचना रुकुमकोटमा बनिसकेको र विगत साढे एक वर्षदेखि यहि काम भइरहेका कारण यहाँबाट अन्यत्र सदरमुकाम सार्न नमिल्ने स्थानिय मन बहादुर विसीले बताउनुभयो । गोलखाडाबासीहरु भने सरकारले गरेको निर्णय छिटो कार्यान्वयन हुनुपर्ने माग गरिरहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend