साझा नेटवर्क
साझा नेटवर्क,बुटवल माघ १८ ।
प्रमुखप्रतिपक्षी दल नेपाली कांग्रेसकाे अवराेधका कारण प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित भएको छ । अनशनरत डा.गोविन्द केसीको माग पुरा गर्नुपर्ने र राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई परिमार्जन गर्नुपर्ने लगायतका माग राख्दै कांग्रेसले प्रदेश ५ काे संसद वैठक अवरुद्ध गर्दै विरोध जनाएको हो । बैठक शुरु हुना साथ प्रतिपक्षी कांग्रेसका सांसदहरु उठेर बिरोध जनाएका हुन् । बैठकलाइ नियमित गर्न सभामुख पूर्ण बहादुर घर्तिले पटकपटक गरेको आग्रहलाइ कांग्रेसले अटेर गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।
प्रदेशसभाको आगामी बैठक माघ २२ गते दिनको १ बजे सम्मका लागी स्थगीत गरिएको छ । काग्रेंसले प्रतिनिधिसभा र राष्ट्रियसभामा पनि डा केसीको मुद्धा बोकेर विरोध जनाउदै आएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend