logo
  • सोमबार, असोज १२ २०८३

भेडा तथा बाख्राको पिपिआर उन्मुलनको लागि भ्याक्सिनेसन कार्यक्रम सुरु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ माघ १६ ।
नेपाल सरकारको पिपिआर उन्मुलन कार्यक्रम अन्तरगत बडिगाड गाउँपालिकामा भेडावाख्राको महामारी रोग पिपिआर विरुद्धको भ्याक्सिनेसन कार्यक्रम सुरु भएको छ । वुधवार देखि वडा नं. ९ र १० दर्लिङमा एकैसाथ भ्याक्सिनेसन कार्यक्रम सुरु गरिएको पशुसेवा शाखा प्रमुख बसन्त गौतमले जानकारी दिनुभएको छ ।

पिपिआर भेडाबाख्राको महामारी रोग भएको र रोग लागिसकेपछि उपचार नहुने र मृत्यूदर उच्च हुँदै गोठ सहित गाउँभरकै भेडा वाख्रा सखाप हुन सक्ने भएकोले राष्ट्रिय कार्यक्रम अनुरुप नै अनिवार्य भ्याक्सिन लगाउन लागिएको गौतमले जानकारी दिनुभएको छ।

निशुल्क रुपमा गोठमै गएर सञ्चालन गरिने भ्याक्सिनेसन कार्यक्रममा गाउँपालिका भित्रका सवै पशु प्राविधिकहरुलाई परिचालन गरिएको बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीले जानकारी दिनुभएको छ ।

माघ २५ गते भित्र बडिगाडमा भ्याक्सिनेसनको कार्यक्रम सम्पन्न गरिने र कुनै पनि समस्या भए गाउँपालिकाको पशुसेवा शाखा तथा पशुसेवा केन्द्रमा सम्पर्क गर्न कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend