साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौँ माघ १५ ।
चर्चित गायिका मेलिना राइ तथा गायक बिरेन्द्र मालाकार सेलो गीतको म्युजिक भिडियो ूडम्फु र टुङनाू सार्बजनिक भएको छ । दर्जनौ चर्चित गीतहरु सांगीतिक फाँटमा पस्केर चर्चा कमाएकी गायिका मेलिना राइ तथा चर्चाको शिखर चड्दै गरेका गायक बिरेन्द्र मालाकारको नयाँ सेलो गीत डम्फु र टुङना भर्खरै मात्र बजारमा आएको हो ।

बिरेन्द्र मालाकारको आफ्नै शब्द रहेको यस गीतमा टंक बुढाथोकीको संगीत रहेको छ ।छायाँकार चक्र महर्जनको छायांकन रहेको यस म्युजिक भिडियोलाइ अजय स्याङ्ग्तानले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । म्युजिक भिडियोमा मोडल सुष्मा मोक्तान तथा बिशाल सेनेहाङ लिम्बुको आकर्षक नृत्य तथा अभिनय देख्न सकिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend