साझा नेटवर्क
देबेन्द्र केसी, नयाँ दिल्ली माघ १४ ।
नेपाली काँग्रेसका युवा नेता तथा पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाका तत्कालिन स्वकिय सचिव गोकर्ण पौड्यालले देशमा संघियता टिक्नै नसक्ने बताउनु भएको छ । स्टक राजनितिक भ्रमणको क्रममा नयाँ दिल्ली पुग्नुभएका नेता पौडेलले तत्कालिन माओबादीलाई “लुटेरा” पार्टीको संज्ञा दिनुभयो ।
गरिव देशले संघियता धान्नै सक्दैन हेर्दै जानुस ढिलो चाँडो खारेज हुन्छ । आफ्नै पार्टीको तिब्र समर्थनबाट प्राप्त संघियता बारे नकरात्मक टिप्पणी गरेर चित्र बहादुर पथमा जान खोज्नु भएको हो ? संबाददाताको प्रश्नमा नेता पौडेलले काँग्रेस चुकेको बताउनु भयो ।

संघियता बोझ हो र यो देशको संबिधान बन्दासम्म म जिवितै रहेँ भने म संघियताको नाममा देश टुक्राउन दिन्न र चित्र बहादुर जी हजुरहरु पनि संघियताको बिरुद्धमा लाग्नुस भनेर गिरिजाबाबुले चित्र बहादुर जी लाई मेरै आँखा अगाडी भन्नु भएको थियो तर गिरिजा बाबुको देहवसान संगै चलाख कम्युनिष्ठहरुले काँग्रेसको “ब्रेनवास” गरेर देशमा संघियता थोप्न लगाए ।
संघियताको बिरोध गरेको जस अपजस यो चित्र बहादुर केसी जी या मलाई आउला तर कम्युनिष्ठको चलाखी धेरै टिक्दैन, संघियता खारेज हुन्छ । अहिले देशमा प्रधानमन्त्री भएको तर सरकार नभएको भन्दै मौजुदा सरकारलाई भष्ट्र, दलाल र बलात्कारीको सरकार भएको बताए ।
टोलमा हुनुपर्ने सरकार पोलमा पुगेको छ अनि जनताले सरकार भएको प्रत्याभुति कसरी गर्नु, नेता पौडेलले भन्नुभयो । चित्र बहादुर कमरेड सोझो र सत्य राजनिति गर्ने नेता हुनुन्छ र म ब्यक्तिगत रुपमा सम्मान पनि गर्छु, उहाँलाई पेलेर लाने सपना माओबादीको पुरानो हो तर अहिलेको दुई तिहाईको सरकारले पनि भरपुर प्रयत्न गरिरहेको छ तर पहाड र तराई छुटाउने खेल कदापी पुरा हुँदैन, नेता पौडेलले भन्नुभयो ।
संधियता जस्तै काँग्रेसका सभापति शेर बहादुर देउवा पनि पुर्णत असफल भएको बताउदै पार्टी युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए । अवको काँग्रेसको नेतृत्व कुन युवाले गर्छ त ? पङ्तिकारको प्रश्नको जवाफ दिदै नेता पौडेलले सहमतिको बातावरण जुट्दै गरेको बताउनुभयो ।
देउवा जी लाई ब्यक्तिगत रुपमा निकै आदर गर्छु तर देशको भलो सोच्नुस, पार्टी युवा पुस्तालाई हस्तान्तरण गर्नुस नेता पौडेलले भन्नुभयो । दुईदिने भारत भ्रमणमा रहनुभएका पौडेल राजनितिक भेट सकेर आज साँझ काठमाण्डौ फर्किनु भएको छ । तर भारतमा को-को नेताहरुसंग भेट गरे भन्ने कुरा खुलाउन मानेनन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend