logo
  • सोमबार, असोज १२ २०८३

डा.केसीको जीवन रक्षाको माग गर्दै काठमाडौंमा प्रदर्शन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क, काठमाडौं माघ १३ ।
प्राध्यापक डा.गोविन्द केसीले उठाएका मागको बेवास्ता गरिएको भन्दै नेपाल चिकित्सक संघले सोमबारदेखि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । संघले डा.केसीले उठाएका मागहरु तत्काल सम्बोधन गर्नुपर्ने भन्दै ७२ घण्टे अल्टिमेटम दिएको थियो ।

आइतबार ७२ घण्टे अल्टिमेटमको समय सकिएलगत्तै संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले सरकारले आफ्ना मागहरुको बेवास्ता गरिएको भन्दै सोमबारबाट थप आन्दोलका कार्यक्रम ल्याउने तयारी गरिएको बताए । उनका अनुसार सोमबार बिहान ५ बजेदेखि १० बजेसम्म रिले अनसन हुने र त्यसपछि थप आन्दोलनका कार्यक्रम तय हुनेछ ।

आइतबारै नेपाल नेपाल चिकित्सक संघ,नेपाल रेजिडेन्टस् एसोसियसन अफ न्याम्स लगायतले डा.केसीको जीवनरक्षाको माग गर्दै प्रदर्शन समेत गरेका थिए । डा.केसीले १६ औं अनसन सुरु गर्नुभएको आज १८ औं दिन वितिसकेको छ । उनले उठाएका मागको सम्बोधन गर्न र अनसन तोडाउन कुनै पहल गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend