साझा नेटवर्क
मिति : २०७५ माघ १३ गते
नेपालको इतिहासमा संसदीय अभ्यासको लागि नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका र सबै परिवर्तनहरुको नेतृत्व गर्ने कांग्रेसले उठाएका जाहेज फरक मतलाइ दुइतिहाईको दम्भ र आडमा कांग्रेसकै इतिहास माथि प्रहार गर्ने मनसायले गरिएको ब्यबहार प्रति नेपाली जनसम्पर्क समिति कतार खेद प्रकट गर्दछ l
नेपालको इतिहासका युग पुरुषहरु नेपाली जनताका साझा नेताको रुपमा आफुलाई स्थापित गराई नेपालको राजनीतिको कठिन मोडमा सबै राजनैतिक दलहरुलाइ अभिभावकत्व प्रदान गर्ने गिरिजा प्रसाद कोइराला ज्यु र पहिलो संबिधान सभाबाट कम्युनिष्ट नेतृत्वको सरकारहरुले जारि गर्न नसकेको संबिधान हिमाल, पहाड र मधेशका जनतालाई सहभागी गराएर जारि गर्ने तत्कालिन प्रधानमन्त्री एवम संबिधान पिता शुशील कोइराला ज्युको नाममा संचालन गर्न लागिएको अस्पतालहरुको संबन्धन रोक्ने नियतका साथ संसदमा सभामुखले देखाउनु भएको अधिनायकवादी शैलीको जति निन्दा गरेपनि पुग्दैन डा. गोबिन्द केसी संग स्वयम् सरकारले गरेको सहमतिलाइ उलंघन गर्दै बिधेयक प्रस्तुत गर्नु त्यसलाई सहमति अनुसारनै बिधयक सच्याउन कांग्रेसले गरेको अनुरोधलाई बहुमतको आडमा दबाउने प्रयासले बल्ल बल्ल बामे सर्दै गरेको लोकतन्त्रलाइ ठुलो घाटा हुने हेक्का बर्तमान सरकारले राखोस l
नेपाली कांग्रेसको इतिहासलाइ राणा राजाले पनि हल्लाउन सकेनन आफै सिद्धिए भने जनतालाई भ्रम पारि समृद्धिका नाममा पाएको दुइतिहाई यदि कांग्रेसको बिरुद्ध खर्चिने हो भने पलायनको बाटो हुनेछ त्यसैले हामीले प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै नेपालको आर्थिक भौतिक समृद्धिका लागि प्रतिपक्षको हैसियतलाई स्वीकार गर्दै अगाडी बढ्न सरकारलाइ सचेत गराउदछौ l
प्रवासमा रहेका तमाम नेपालीहरुको चाहना नेपालमा राजनैतिक स्थायित्व शान्ति र समृद्धिको हो वर्तमान सरकारले देखाएको दम्भले कतै फेरी देश अस्थिरताको भुमरीमा धकेलिने त हैन भन्ने चिन्ता बढेको छ त्यसैले सरकाले आफ्नो दम्भ र अधिनायकवाद शैलीलाइ त्यागि प्रतिपक्ष र असन्तुष्ट सबैलाई समेटेर अगाडी बढ्न आग्रह गर्दछौ l जयनेपाल !
मो. अजिज अलि
महामन्त्री
नेपाली जनसम्पर्क समिति कतार

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend