logo
  • शुक्रबार, असोज ९ २०८३

जीवन खनाल र हिमाल बन्जाडेको लोकदोहोरि गीत “घामको झुल्कोले” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बुटवल ।
जालकाडा म्युजिक प्रालिको बजार ब्यबस्थापनमा तथा अविरल फिल्म्सको दृश्य निर्माणमा जीवन खनाल जे के र हिमाल बन्जाडेको लोक दोहोरि गीत ” घामको झुल्कोले ” बजारमा सार्बजनिक भएको छ ।

अत्यन्तै लोक प्रिय लोक दोहोरि गायीका देवी घर्ति र जीवन खनाल जेकेको स्वर रहेको गीतमा विजय सुनामको लय छ । जीवन खनाल जेकेकै सब्द सिर्जना रहेको छ । निर्देशक बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेको भिडियो बुटवलको रमणीय स्थान हिलपार्क, बुद्धनगर लगायत विभिन्न स्थानमा छायांकन गरिएको छ ।

सगुन शर्माको श्रीन्गार रहेको भिडियोमा रक छेत्री र सोफिया बोहराको अभिनय रहेको छ । सार्बजनिक गीतमा माया जोडीले आफ्नो माया हिमाल संग जोडी हिमाल भन्दा अटल रहेको ब्यक्त गरेका छन्। जब आफ्नो मन पर्ने मान्छे आफ्नो समिपमा हुन्छ उसलाई हरेक राम्रा कुरा संग तुलना गर्दा पनि कमै महसुस हुने भाब भिडियोमा प्रस्तुत गरिएको छ।

हेरौ भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend