साझा नेटवर्क
हुमाकान्त पाेखरेल, गुल्मी माघ ११ ।
गुल्मीमा चट्याङ लागेर एकै परिवारका ३ जना घाइते भएका छन् । जिल्लाकाे मालिका गाँउपालिका वडा नम्बर ६ अर्जैका सुर्य बहादुर खत्री, उनकी श्रीमती र १५ बर्षिय छाेरी घाईते भएकाे वडाध्यक्ष शाेभाखर गिरिले जानकारी दिए ।
घाइते तिनै जनालाई उपचारकाे लागि सदरमुकाम तम्घास पठाइएकाे उनले बताए । चट्याङ लागेपछि उनकाे गाेठ समेत जलेर नष्ट भएकाे छ ।
अगालागिबाट भएकाे भाैतिक क्षतिकाे सबै विवरण नआइसकेकाे वडाध्यक्ष गिरीले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend