साझा नेटवर्क
कमल पौडेल, बागलुङ माघ ११ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले जिल्लाको विभिन्न स्थानमा वडा स्तरीय खाद्य स्वच्छता समुह गठन तथा परिचालन कार्यक्रमलाई तिव्रता दिएको छ।
जस अनुसार ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिवाङ तथा गल्कोट नगरपालिकामा समुह गठन तथा परिचालन कार्यक्रम सम्पन्न गरेको छ। बुर्तिवाङमा १५ सदस्यिय वडा स्तरीय खाद्य स्वच्छता समूह गठन गरेको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख केदार पौडेल, राष्ट्रिय उपभोक्ता मञ्चका जयलाल सापकोटा, इलाका प्रशासन कार्यालय, प्रहरी, वडा अध्यक्ष चित्र भण्डारी, पत्रकार लगाएतको टोलीले वुर्तिवाङ बजार समेत अुनगमन गरेको छ।
जसअनुसार १४ वटा पसल, उद्योग तथा होटलहरु अनुगमन गरि उपभोग्य मिति समाप्त भएका कोक, फेन्टा, भुजा नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त प्रमुख पौडेलले जानकारी दिनुभएको छ।
त्यस्तै अनुज्ञापत्र नलिएका पसलहरुलाई १५ दिनभित्र प्रक्रियामा जान ताकेता गरिएको पौडेलले जानकारी दिनुभएको छ। अनुगमनको क्रममा मनकामना आइसक्रिम एण्ड फ्रेस हाउसमा करिव ५ केजि कुहिएको मासु भेटेर नष्ट गरेको र दोश्रो पटक पनि सोहि अवस्था भेटिए पसल वन्द गर्ने समेत वताएका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend