साझा नेटवर्क
काठमाडौँ, माघ १० ।
समाजसेवी तथा युवा ब्यबसायी समिर खानले बिसेष गरि मुस्लिम समुदायलाइ लक्षित गरि गोंगबु नयाँ बसपार्क मित्रनगर -२६ पन्चकन्या क्षेत्रमा अत्याधुनिक तबरको सुबिधा सम्पन्न अल मदिना प्यालेस होटल संचालनमा ल्याएका छन् ।

उनले आज मुस्लिम समुदायको परम्परा अनुसार बिधिबत होटललाइ पुजा गरि संचालनमा ल्याएका छन् । साथै लिटल आइकन २०१८ सिजन – ७ को बिजेता भईन सेरियन बेगम र गायिका सुशिला पाठकले संयुक्त रुपमा उक्त होटललाइ उद्घाटन गरेका छन् ।

होटलमा स्विट डिलक्स र नर्मल गरि १२ रुम रहेको र २४ घण्टानै सेवा प्रदान गरिने अल मदिना प्यालेस होटलको प्रत्येक रुममा चिसो तातो पानि, फ्री वाई फाई, मिनिबार तथा आरामदायी बेडको ब्यबस्था गरिनुको साथै होटेलमा रेस्टुरेन्टको ब्यबस्था गरिएको सो होटलका जनरल म्यानेजर समिर खानले बताए ।
पारिवारिक बाताबरणमा सम्पूर्ण सुबिधायुक्त होटल अल मदिना प्यालेस बाहय तथा आन्तरिक पर्यटनलाइ लक्षित गर्दै मिठो मुस्लिम खानाको परिकार ब्रियानी लगायत सम्पूर्ण खाना समेत पाइन्छ । भबिष्यमा अन्य सेवा सुबिधा थप्दै जाने संचालक खानले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend