साझा नेटवर्क
चोम बिस्ट, रोल्पा ।
प्रथम थबाङ गाउँपालिका कप तथा माघे संक्रान्ति मेला २०७५ को अवसरमा सुनिल स्मृति गाउँपालिकाको प्रतिनिधित्व गर्दै पुरुष भलिवल प्रतियोगितामा सहभागी जनाउदै प्रथम स्थान हासिल गरि मंगलबार फर्किदै गर्दा खेलाडिहरुलाई सम्मान, अभिनन्दन तथा विजय -यालीको लागि सुनिलस्मृति गाउँपालिका अध्यक्ष, राजनितिक दल, बुद्धिजिवि, व्यापारी, खेलाडि लगाएत स्थानिय बासिहरुको बाक्लो सहभागीता रहेको थियो ।
सुनिलस्मृति ३ रुइनिबाङ बजारमा देखि सुरु भएको र्याली लसुलिचौर बजार परिक्रमा गरि गाउँपालिकाको सभाहलमा पुगि कार्यक्रमको सम्मान तथा दोसल्ला ओढाइ अभिनन्दन कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथी गुणेन्द्र घर्तीले खेलाडि हाम्रा लागि गहना भएको हुँदा खेललाई अझै ससक्त बनाएर लैजान खेलाडिहरुलाई सुझाव दिदै खेलाडीको लागि आवश्यक व्यक्तिगत तर्फबाट गर्नुपर्ने सहयोग कामलाई आफुले गर्ने प्रतिबद्धता समेत दिनु भयो।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend