देबेन्द्र केसी, नयाँ दिल्ली।
प्राणघातक रोग क्यान्सरले फोक्सो नै समातेपछि मुनाको परिवार बिचल्लीमा परेको छ । भए भरको जायेजेथा र जोडजाम गरेको पैसा क्यान्सरको ईलाजमा सकिएपछि परिवार बिचल्लीमा परेको हो ।
गुल्मी जिल्ला,कालिगण्डकी गाँउपालिका ,वार्ड नम्वर सात ,कराङ्गतुङ्ग माईत भै बरेङ्ग गाँउपालिका ,वार्ड नं तिन,चिदीखर्क निवासी र हाल रुपन्देही जिल्लाको सैनामैना नगरपालिका,मुर्गियामा बस्ने पदम बहादुर खत्री (खनाल)की ३२बर्षिया श्रीमति यममाया खत्री(खनाल) (गाँउमा मुना भनेर चिनिने) लाई फोक्सो मा क्यान्सर भएपछि हाल जिवन मरण को दोसाँधमा नेपाल क्यान्सर हस्पिटल ,हरिसिद्दी ,ललितपुरमा उपचारार्थ छिन ।
निजकै उपचारमा कमाएको धन र जायेजेथा सकिएपछि श्रीमान पदम बहादुर अहिले चरम बिचल्लीमा परेका छन।’ऋण खोजेर बिदेश गएँ ,बिदेश गएको ऋण पनि तिर्न नपाउदै घरबाट दुलही सिकिस्त बिरामी छिन भन्ने खबर आयो र नेपाल फर्किए’ पदम बहादुर ले सुनाए। स्कुल पढ्दै गरेका ११बर्षिया छोरी बिपना र ५ बर्षिय छोरा ऐन्जल अहिले अलपत्र परेका छन। ‘यता श्रीमतिको यो बिजोग छ ,उता घरमा छोराछोरी रोयर बसिखान छैन।
न जेवमा पैसा रह्यो नत श्रीमति लाई सन्चो भयो’ पङ्तिकार संगको टेलिफोन बार्तामा पदमले भने। पदम बहादुरको बिचल्ली भएपछि बरेङ्ग गाँउपालिकाको तिन नं वडा कार्यालय,सैनामैना नगरपालिकाको वडा कार्यालय र नेपाल क्यान्सर हस्पिटलले निजको अवस्था दयनिय भएको भन्दै सहयोगको अपिल सहित लिखित सर्कुलेसन गरिसकेका छन ।
घरमा रहेका अबोध छोराछोरीलाई आमा बिरामी छिन भन्ने पनि थाहा रहेनछ ‘छोरी ,बाबुलाई राम्रो संग ख्याल गरेर राखे है ,स्कुल नछोड्नु म काठमाण्डौ गएर छिट्टै आउछु ‘भनेर मम्मी त काठमाण्डौ जानुभएको छ छोरी बिपना ले भनिन । पदम बहादुरको बिचल्ली बनेको खबर सामाजिक सञ्जालमा आउनासाथ केहि संस्था र ब्यक्तिहरु ले मद्धतको हात अघि बढाएका छन ।
‘जापान बाट केहि समाजसेवी हरु ले सहयोग गर्नुभएको छ र हामीहरु ‘मुना बचाऔ’अभियान पनि चलाउदै छौ ‘जापान बाट दिपक कार्कीले भने। नेपालमा पनि अभियान चलाएर केहि रकम सञ्कलन गरिएको बुटवल बाट दिलिप कार्कीले जानकारी गराएका छन ।
‘क्यान्सर को ईलाजको लागि निकै रकम लाग्ने भएको ले सबै ठाँउ,गाँउ तह र तप्काबाट सहयोग गरिदिनुहोस र फुल जस्ति नानीको जिवन रक्षा गर्दिनुहोस’ समाजसेवी तथा गुल्मी -भुर्तुङ्ग समितिका अध्यक्ष टिका बहादुर कार्की ले भन्नुभयो। ‘मुना बचाऔ’ अभियान मा हजुरहरुले पनि निम्न देशहरुमा ,निम्न नम्वरहरुमा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ।
नेपाल:
कुल बहादुर कार्की-9848126793
बिशन क्षेत्री-9866401744
दिपक क्षेत्री-9867234987
दुर्गा केसी-9866027138
दिलिप कार्की-9815479867
टेक बहादुर कार्की-9867154491
अनिस कार्की-9806903896
भारत:
टिका बहादुर कार्की-0091-9818538156
देबेन्द्र केसी-0091-8800359488
जापान:
अर्जुन कार्की-08045026498
दिपक कार्की-0818043599956
भरत क्षेत्री-09028767274
गोबिन्द क्षेत्री-07038658473
ऋषि पौडेल-08035948299
लक्ष्मण केसी-0707420188
युएई:
गोबिन्द केसी-00971509939743
पिडित संग सिधा सम्पर्क को लागि:
पदम बहादुर खत्री(खनाल)-00977-9821978213
रकम जम्मा गर्न चाहने सहयोगी हरुका लागि:
Yam maya khatri
Janata bank ltd.
Ac no-050104029817001
र
Yam maya khatri
NMB bank ltd.
Ac no-0382150023625400000
मा सोझै रकम जम्मा गर्न सक्नुहुनेछ । हजुरहरुले दिएको सानो सहयोगले कसैको ज्यान बाँच्न सक्छ त्यसैले यो पुन्यकार्यमा सहभागी बन्नुहोस।