साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
नेपाल पत्रकार महासंघ शाखा कतारले एक अलौकिक कला भएका मनोज चन्दसँग भेटघाट कार्यक्रम गरेको छ । विभिन्न देशहरुको भ्रमणमा रहेका चन्दलाई कतारको यात्रामा रहेको बेला महासंघले भेटघाट कार्यक्रम गरेको हो ।

२१ जनवरी २०१९ का दिन नज्मा स्थित युनिक नेपाली रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा कतारका अध्यक्ष करिम बख्श मियाँ, समाजसेवी तथा बुद्धिजीवी सागर नेपाल, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका कार्यवाहक अध्यक्ष तेज कटुवाल, समाज सेवा अभियान रुपन्देहीका अध्यक्ष डिल्लीराम भट्टराई, मोना कतारका वरिष्ठ उपाध्यक्ष तिलु शर्मा पौडेल, गुल्मी सेवा समाजका कार्यवाहक अध्यक्ष कुमार अविरल पन्थी, अर्घाखाँची सेवा समाजका महासचिव टेकराज थापा, राजधानी साप्ताहिकका दिल कुमार श्रेष्ठ तथा विभिन्न संघसस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
पश्चिम नेपालको दुर्गम क्षेत्र बैतडी जिल्लामा जन्मिएका चन्दमा यस्तो कला छ,जुन कला भएका यस्ता व्यक्ती विस्वमा सायदै होलान । दुबै हातले एकै पटक उल्टो सुल्टो लेख्न सक्ने चन्दले हात, खुट्टा, कुइनो र मुखले समेत लेख्छन । आफूले यस लेख्ने कार्यमा कक्षा ९ मा अध्यनरत रहदाबाट सुरुवात गरेको बताए ।
उनी भन्छ्न असम्भव भन्ने यो संसारमा केही छैन मान्छे चन्द्रमा पुगिसके हामिमा इच्छा शक्ति भयो भने केहि गर्न सक्छौ । अपाङ्गता भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन भन्ने प्रतिभा भएका चन्द आफ्नो कला विस्व सामु चिनाउने अभियानमा जुटीरहेका छन ।
विशेषगरी अपाङ्गता भएका व्याक्तिहरुले उनको प्रतिभाबाट केहि गर्न सक्छन भन्ने अनुमान गर्न सकिन्छ । जुन कला उनीमा छ त्यो कलाले संसारमा रहेका अपाङ्गहरुले पनि लेख्न सक्ने ठुलो सम्भावना रहेको छ । उनीहरु प्रती प्रेरित तथा आत्माबल वृद्धि तथा आफुमा भएको प्रतिभालाई प्रवर्द्धन गर्नका लागि सबैको साथ र सहयोगले विश्व सामु चिनाउने लक्ष्य रहेको चन्द बताउछन ।
यस्ता प्रतिभालाई नेपाल सरकारले प्रोत्साहित गर्ने वातावरण शृजना गरिदिनु पर्छ । विस्वमा सगरमाथा र बुद्धको देश भनेर नेपाललाई चिन्ने गरिन्छ यस्ता प्रतिभालाई संरक्षरण गर्न सके देशको छबि उच्च रहने कुरा महासंघका अध्यक्ष करिम बख्श मियाँले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend