साझा नेटवर्क
साझा नेट्वोर्क, कतार ।
ओखलढुंगा सेवा समाज कतारको गत शुक्रबार १८ जनवरी २०१९ मा सम्पन्न सातौ साधारणसभाले भिम तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
समाजले एम्बूलेन्स संचालन सहयोगार्थमा सहयोग गर्ने दुइ दर्जन भन्दा बढी व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको थियो । समाजले जिल्लामा एम्बुलेंन्स हस्तान्तरण जनवरी २०१८ मा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि नेता रामहारी खतिवडा लगायत जिल्लाका राजनीतिक, सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा एम्बुलेन्न्स उद्घाटन गरि हस्तान्तरण गरिएको थियो ।अहिले जिल्लामा सेवा दिइरहेको छ। एम्बुलेन्स सञ्चालनमा आए पच्यात जिल्लाहरु उत्साहित भएको बताए ।
अध्यक्ष अशोक तामाङको सभापतित्वमा, एनआरएनए एनसीसी कतारका अध्यक्ष नबिन पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश नं.१ समन्वय परिषद कतारका अध्यक्ष चुडामणि कार्कीको विशेष अतिथि रहनु भएको थियो । कार्यक्रममा प्रवासी नेपाली मंच कतारका उपाध्यक्ष द्रोण बस्नेत, खोटाङ सेवा समाजका अध्यक्ष तिल बहादुर खत्री, मोरङ सुनसरी सेवा समाज कतारका उपाध्यक्ष दिलीप पराजुली, समाजसेवी व्यक्तित्वहरू सुक बहादुर तामाङ, क्रान्ति क सिंह,शंखलाल तामाङ, माईला वाईबा, रोशन दोङ तामाङ, तेज मोक्तान, खडानन्द बास्कोटा, नेत्र वाईबा तामाङ,लगाएत अतिथि रहनुभएको थियो ।
कार्यक्रममा सांस्कृतिक संस्थाको तर्फबाट म्हेन्दोमाया समाज कतारका प्रथम उपाध्यक्ष गौतम तामाङ, जातीय संस्था नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ तामाङ, प्रदेश नं १ अन्तर्गतका जिल्ला संस्थाहरूको प्रतिनिधित्व गर्दै खोटाङ सेवा समाज कतारका अध्यक्ष तिल बा खत्री, समाजसेवी माईला वाईबा तामाङ, प्रदेश नं १ समन्वय परिषद कतारका महासचिव तथा सातौ अधिवेशन निर्वाचन समितिका संयोजक टि एन बराल, समाजसेवी तथा एनआरएनए एनसीसी कतारका सल्लाहकार क्रान्ति सिंह, प्रवासी नेपाली मंचका उपाध्यक्ष द्रोण बा बस्नेत, प्रदेश नं १ समन्वय परिषद कतारका अध्यक्ष चुडामणी कार्की लागाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष भिम तामाङ र संचालन सबिना तामाङ ले गरेकी थिइन । प्रगति प्रतिवेदन रमेश आले मगर सचिव आर्थिक प्रतिवेदन सुदीप भित्रीकोटीले प्रस्तुत गरेका थिए । संस्थाले यस कार्यकाल भित्र विभिन्न समयमा आर्थिक आय लगभग ९० हजार रियाल खर्च सोही स्वरुप देखिन्थियो अन्तिम अधिवेशन खर्च र सदस्यता शुल्क सहित आगामी समिक्षा बैठकमा पेश गरी नयाँ समितिलाई हस्तान्तरण गरिने बताए ।
अध्यक्ष भिम तामाङ नेतृत्वमा निर्वाचित कार्यसमितिहरु जसमा, प्रथम उपाध्यक्ष सबिना तामाङ, द्वितीय उपाध्यक्ष मोहन बा. खत्री, महासचिव ब्रिन्दराज राई ,सचिव रमेश कुमार मगर ,कोषाध्यक्ष अर्जुन बि.क, सह कोषाध्यक्ष प्रेम बा. दर्जी, सदस्य तेज बा. कार्की , सदस्य सुदीप भित्रीकोटी, सदस्य बेद प्रसाद दाहाल ,सदस्य सुबास तामाङ ,सदस्य लाल बा. तामाङ ,सदस्य प्रेम बर्मा रहेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend