logo
  • शुक्रबार, असोज ९ २०८३

गायक इन्द्र दोङ्ग लामा खम्बेको सेलो गित “लुंगी र चोली” सार्बजनिक (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौँ ।
बिगत डेढ दशक देखि कलाकारिता क्षेत्रमा लागेर आम नेपाली दर्शकहरुको मन जित्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्तित्व चर्चित कलाकार तथा गायक इन्द्र दोङ्ग लामा खम्बेको नया सेलो गित “लुंगी र चोली” सार्बजनिक भएको छ ।उनलाई उक्त गीतमा गायिका लक्ष्मी स्याङ्तानले साथ दिएकी छिन । बहुप्रतीभाका धनि कलाकार इन्द्र दोङ्ग लामा खम्बेले कलाकारिता संगै संगीतमा समेत रुचि राख्दै आधा दर्जन गीतहरु बजारमा लिएर आईसकेका छन् । उनले चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र “हर्के हल्दार” “झट्का” ” “माईकल ज्याक्सन” लगायात अन्य दर्जनौ टेलिचलचित्र तथा चलचित्र सडक नाटक, स्टेज कार्यक्रम, गाइजात्रहरुमा समेत कुशल अभिनय मार्फत लाखौ दर्शक श्रोताहरुको मन जित्न सफल भएका छन् । साथै उनि उत्कृष्ट निर्माता तथा निर्देशकको रुपमा समेत परिचित छन ।मिना लामाको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाइ छायाँकार बुद्ध थापाले छायांकन गरेका छन् भने निर्देशक शिब शर्माले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा इन्द्र दोङ्ग लामा खम्बे, निरन्जली लामा, एरिन तामाङ, पुर्णिमा लामा थोकरको उत्कृष्ट अभिनय तथा नृत्य देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend