logo
  • सोमबार, असोज १२ २०८३

गुल्मी सेवा समाज कतारको सहयोगमा शैक्षिक सामग्री वितरण सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क, गुल्मी माघ ६ ।
गुल्मी सेवा समाज दोहा कतारको सहयोगमा अाज घडेरी प्रावि अग्लुङमा विभिन्न शैक्षिक सामाग्री वितरण गरिएको छ । बिधालय ब्यबस्थापन समितिका जेस्ठ सदस्य खिम खत्रिको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि विधालय कि प्र.अ बिजुला जि.सि र विशिष्ट अतिथि सामाजिक अभियान्ता तथा नेपाली काङ्ग्रेस अग्लुङका सभापति सुशील चन्द रहनुभएको थियो । विधालय कि शिक्षिका शुसिला चन्द को स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सन्चालन शिक्षक बाबुराम खत्रीको रहेको थियो।

कार्यक्रममा उपस्तिथित अभिभावकहरुले गरिब तथा जेहेन्दार बालबालिकाहरुको सहयोगको निम्ति शैक्षिक सामाग्री सहयोग गर्ने दाता तथा यहाँ सम्म ल्याउन पहल गरेको भन्दै युवा समाजसेवी सुशील चन्द लाई विशेष धन्यवाद दिएका थिए । कार्यक्रममा स्टेसनरी बितरण गर्दै युवा समाजसेबि सुशील चन्दले समाज ब्यक्तिगत स्वार्थकाे भुमरिमा फसिरहेकाे बर्तमन अबस्थामा सेवा समाजकाे याे कामबाट समाजमा केही गर्छाै भन्नेहरुले पाठ सिक्नु पर्ने बेला आएको बताउनु भयो ।

वरिपरि झुपडि राखेर अाफु ठुलाे महलमा बसेर अाफुलाई शासक सम्झनेहरुलाई यस कार्यक्रमले थोरै भएपनि गरिबहरुका लागि पनि केही गर्नु पर्छ भन्ने चेतना बढाअाेस भन्दै सहयोग गर्ने सेवा समाज प्रति अाफु ऋिणि रहेको भन्दै सेवा समाजलाई धन्यवाद ब्यक्त गर्नु भएको थियोे ।

कार्यक्रममा बिधालय विव्यसका पदाधिकारी, शिक्षक,अभिभावक,समाजसेवी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो। स्मरण रहोस् केही केही दिन अगाडि मात्रै सोही टिमले अग्लुङ फेँदीमा अवस्थित रघुफेँदिप्रतिमाननिमा माविमा पनि शैक्षिक सामाग्री वितरण सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend