logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मी सेवा समाज कतारले सल्लाहकार गौतमलाई बिदाई गर्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ कतारमा सक्रिय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाज कतारले गत बुधबार आजीवन सदस्य एवम् सल्लाहकार विष्णु गौतमलाई स-सम्मान विदाई गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै समाजले गौतमलाई खादा ओढाएर तथा सम्मान पत्रद्वारा सम्मान गरेको हो ।

कार्यक्रममा समाजका कार्यवाहक अध्यक्ष कुमार अविरल पन्थी सभापति तथा सल्लाहकार विष्णु गौतम प्रमुख अथिति रहेका थिए । त्यस्तै समाजका संरक्षक शिव खड्का, सल्लाहकार भिम तरामु, महिला संयोजक मिना खड्का विशेष अतिथि हेका थिए । साथै समाजका कार्यासमिति पदाधिकारीहरु लगायत गुल्मेली एवम गैर गुल्मेलीहरुको उपस्थिती रहेको थियो ।

गौतम विगत लामो समयदेखि दोहामा कार्यरत रहेका थिए । समाजले विभिन्न समयमा आयोजना गरेका कार्यक्रममा क्रियाशील रही कार्यक्रम सफल बनाउन गौतमको महत्वपूर्ण भूमिका रहने गरेको थियो । सस्थाको केन्द्रिय समितिमा सकृय रहेर काम गर्दै आएका गौतम प्रवासको बसाइलाई बिट मार्दै शुक्रबार नेपाल फर्किएका हुन् ।

उक्त सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले गौतमको कार्यको प्रसंसा गरेका थिए । कार्यक्रममा बोल्दै गौतमले आफु जहाँ रहेपनि समाजलाई भुल्न नसक्ने बताए । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समाजलाई आफ्नो साथ र सहयोग रहने बताउँदै समाजलाई धन्यवाद तथा आभार प्रकट गरे।

कार्यक्रमलाई समापन गर्दै सभापति पन्थीले आजीवन सदस्य तथा केन्द्रिय समितिको कोषाध्यक्ष हुदै वर्तमान कार्यसमितिको सल्लाहकार पदमा रहेर समाजलाई अगाडी बढाउन सकृय भूमिका निर्वाह गरि समाजका हरेक कार्यक्रम सफल बनाउन खेलेको भूमिका प्रति विशेष धन्यवाद दिए । प्रवासको बसाइलाई बिट मार्दै स्वदेश फर्किदै गरेका गौतमलाई मातृभूमिको यात्रा सफलताको शुभकामना दिए ।

गुल्मी सेवा समाज कतारले प्रवासमा भइपरी आउने समस्या समाधान तथा स्वदेशमा विभिन्न सामाजिक कार्यहरु गर्दै आर्थिक सहयोग समेत उपलब्ध गराउदै आइरहेको छ । कार्यक्रम समाजका सचिव कमल अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend