साझा नेटवर्क
अनिल खत्री, गुल्मी माघ १ ।
गुल्मीमा गोठमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ निवासी ५१ वर्षिय जितबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।
नेपालीको गोठमा सोमबार राति आगोलागी भएको थियो । आगो निभाउने क्रममा जलेर घाइते भएका नेपालीलाई थप उचारको लागि गएराति नै पाल्पा लगिएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । नेपालीका गोठमा रहेका २ वटा भैसी समेत जलेर मरेको प्रहरीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend