logo
  • शनिबार, भाद्र २० २०८३

मितेरी समाज यूएईको वनभोज कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, युएई पुष २९।
मितेरी समाज यूएई केन्द्रले ११ जनवरी शुक्रवारको दिन नयाँवर्षको शुभकामना आदान प्रदान साथै विशेष वनभोज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम युएई स्थित फुजेराह नजिकै रहेको अल सदाह मदाह पार्कमा सम्पन्न गरीएको हो ।

यूएईका ७ वटै शहरबाट यूएईमा कर्म थलो बनाउदै बस्नु भएका नेपाली दजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । करिब ३०० हाराहरिमा उपस्थिति नेपाली दजुभाई तथा दिदिबहिनीहरुले बिभिन्न खानाका परिकारको स्वाद सँगै निकै रमाइलो गरेका थिए ।

मितेरी समाज यूएई केन्द्रीय अध्यक्ष प्रदीप पुन मगरको सभापतित्व र संरक्षक मोहन बुढाथोकी मगरको प्रमुख अतिथ्यमा, यूएई आबद्द बिभिन्न संघ सस्थाका अतिथिहरुको उपस्थितिमा सो कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको हो ।

मितेरी समाज यूएई केन्द्रका उपाध्यक्ष तथा वनभोज कार्यक्रम संयोजक चन्द्र राना मगर (ज्ञावत)ले कार्यक्रम आयोजना गर्नुको मुल उदस्य प्रवासमा नेपालीहरुको आपसी मेलमिलाप र यूएईको ७ वटै क्षेत्रमा मितेरी समाज क्षेत्र विस्तार गर्ने योजना रहेको कुरा बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend