साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी पुष २७ ।
“गुल्मी सेवा समाज दोहा कतारको आयोजनामा गरिब तथा जेहेन्दार बिधार्थिहरुलाई स्टेसनरी बितरण कार्यक्रम रघुफेदि प्रतिमान निमा मावि अग्लुङ फेँदीमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

बिधालय व्यवस्थापन समितिका अध्यक्ष बालनरसिह चन्दकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुर्व गा.वि स अध्यक्ष भगवता चन्दको प्रमुख आतिथ्यता तथा नेपाली काँग्रेस अग्लुङका सभापति सुशील चन्दको विशेष आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा गुल्मी सेवा समाज कतारका काेषाध्यक्ष सुरज चन्दको विशेष उपस्थिति रहेको थियो । शैक्षिक सामाग्री वितरण गर्दै युवा समाज सेवि द्वय शुसिल चन्द तथा सुरज बोहराले आफुहरुको विशेष पहल तथा अनुरोधमा यस पटक अग्लुङका २ वटा स्कुलहरुमा गुल्मी सेवा समाज कतारको शैक्षिक सामाग्री आईपुगेको बताउनु भयो ।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता नि:स्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मुल नाराको साथमा सन् २००३ मा स्थापना गरिएको यस् संस्थाले विगतका वर्षहरुदेखि नै जिल्लाका विभिन्न स्थानहरुमा आगलागी, बाढि पहिरो, अशक्त असाय तथा गम्भीर रोगबाट ग्रसित बिरामीहरुलाई सहयोग, छात्रवृत्ति वितरण लगायतका कार्य गर्दै आईरहेको छ ।
युवा द्वयले केहिदिन भित्र घडेरी प्रा.वि निपानेमा पनि शैक्षिक सामाग्री वितरण गरिने कार्यक्रम रहेको जानकारी दिनुभएको छ । कार्यक्रममा रघुफेँदी माविका २७ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend