साझा नेटवर्क
सज्जन ढकाल गुल्मी पुष २४ ।
परम्परागत स्थानिय सस्कृतिको संरक्षण गरौं,शिक्षा तथा खेलकुद बिकास संगै कृषि प्रबर्द्धन गरौं” भन्ने मुल नाराका साथ मनकामना युवा क्लब बरेङ गाउँपालिका २,सिग्दी बाग्लुङले क्लबको २७ औ बार्सिक उत्सव समारोह तथा माघी मेला २०७५ पौष २८ गते देखि माघ २ गतेसम्म सन्चालन गर्ने भएको छ ।
कार्यक्रम अवधी भर नयाँ सम्रचना अनुसार वडा स्तरिय पुरुष भलिबल प्रतियोगित, सालैजो नृत्य प्रतियोगिता, खुल्ला ब्याडमिन्टन प्रतियोगिता, मा.बि स्तरिय हाजिरी जवाफ प्रतियोगिता लगायत स्थानिय सालैजो, सोरठी तथा लोक सास्कृतिक झाकि प्रदर्शनी, स्थानिय ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थलहरुको फोटो प्रदर्शनी गरिने भएको छ ।
मेलामा मुख्य आकर्षणको रुपमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त चर्चित लोक दोहरी गायक सर्जक तथा सङ्गीतकार वसन्त थापा, खुमन अधिकारी, सन्तु थापा, पुर्ण परियार, उदयपुन, गायिका प्रिति आले, सम्झना भण्डारीको उपस्तिथि र विशेष साङ्गेतिक प्रस्तुती रहने छ । मेलामा विशेष सास्कृतिक कार्यक्रम माघ १ र २ गते हुने आयोजक स्रोतले जानकारी गरायको छ ।
मेलाको मुख्य आयोजकको रुपमा मनकामना युवा क्लब र मनकामना आमा समूह रहेका छ्न । उक्त कार्यक्रम मनकामना खेलकुद मैदान ग्यालथुम्का बरेङमा सन्चालन गरिने छ । प्रत्यक बर्ष क्लबको बार्सिक उत्सवको पावन अवसरमा ख्याती प्राप्त कलाकारहरुको विशेष उपस्तिथिमा मनकामना युवा क्लबले बिबिध सास्कृतिक कार्यक्रमसंगै माघी मेला सन्चालन गर्दै आयको कार्यक्रम संयोजक मीन बहादुर पुनले साझा नेटवर्कलाई जानकारी गराउनु भयो ।
विशेष गरि यस माघी मेला २०७५ को मुख्य उद्देश्य शिक्षा तथा खेलकुद क्षेत्रको बिकास, व्यापार ब्यवसायको प्रवर्द्धन, स्थानिय स्तरमा रहेका पर्यटकिय स्थलहरुको व्यापक प्रचार प्रसार गरि ग्रामिण पर्यटन प्रवर्द्धन र स्थानिय कला सँस्कृतिको जगेर्ना गर्ने रहेको क्लवका अध्यक्ष मोहन पुनले बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend