साझा नेटवर्क
साझा नेट्वोर्क, बुटवल पुष २४ ।
प्युठानको स्वर्गद्वारी नगरपालिकाको प्रमुख नेत्रबहादुर रोकायलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कार्यकक्षमा प्रबेश गरी कालोमोसो लगाएको छ् ।
आफ्नो पार्टीको नाममा बेनामी चेक काटी भ्रष्टाचार गरेको उपभोक्ता समितिमा पार्टीका कार्यकर्ता तथा नेतालाई पदाधिकारी बनाई किर्ते बिल भरपाई मिलाई मोटो रकम अनियमितता गरेको, जनतामाथि अनावश्यक कर थोपरेको, संस्थागत रुपमा भ्रष्टाचार गरेको, प्राकृतिक स्रोत साधनमाथि नीति नियम विपरीत कमिशनको भरमा दोहन गर्न खोजेको र कर्मचारी पदपूर्तिमा विज्ञापन गरेको देखाई आफू निकट उम्मेद्वारलाई नियुक्त गरेको भन्दै जनकारवाही स्वरुप कालोमोसो दलेको बताए ।बिगतमा गरेका गतिबिधीहरु नसुधारे पार्टीले कठोर कदम चाल्न बाध्य हुने पुर्जी जाहेर गरेको छ। 
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend