logo
  • शुक्रबार, असोज ९ २०८३

चलचित्र “समर लब” काे ट्रेलर सार्वजनिक (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेट्वोर्क, काठमाडौ ।
सुबिन भट्टराईको चर्चित उपन्यास समर लबमा आधारित नेपाली कथानक चलचित्र “समर लब” काे ट्रेलर सार्वजनिक भएको छ ।
राजधानीको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गरि चलचित्र “समर लब” काे ट्रेलर सार्वजनिक गरिएको हो । निकैनै आकर्षक ढंग बाट ट्रेलरमा नायक आशिस पिया र नायिका रेवती क्षेत्रिलाइ प्रस्तुत गरिएको छ । चलचित्रमा सुरज सिंह ठकुरी, आसिश पिया, रेवती क्षेत्रि, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल र ओम प्रतिक लगायतले अभिनय गरेका छन् ।सुबिन भट्टराईको कथा रहेको यस चलचित्रमा पुस्पन प्रधानले संगीत भरेका छन् ।
ब्यबसायिक रुपमा सफल चलचित्र नाइ नभन्नु ल ३ मा उत्कृष्ट निर्देशन गरिसकेका निर्देशक मुस्कान ढकालले चलचित्र “समर लब” लाइ निर्देशन गरेका हुन् ।वास्तविक प्रेम गर्ने जोडीको सम्बन्ध बारेमा राम्रो सँग देखाउन खोजिएको र चलचित्रले सबै नेपालीहरुको मन जित्ने कुरमा निर्देशक ढकाल ढुक्क रहेको जानकारी गराएका छन् ।

भिडियो हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend