साझा नेटवर्क
अनिल खत्री ,गुल्मी पुष २२।
शाइन रेसुङ्गा डेभपलमेण्ट बैंक लिमिटेडले गुल्मीले कृषकहरुसँग अन्तरक्रिया गरेको छ । जिल्लाको रुरु गाउँपालिकाको थोर्गाका कृषकहरुसँग सहुलियतपूर्ण कर्जा सम्बन्धमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको हो ।
आर्थिक समृद्घिको आधार कृषिमा व्यवसायिकरण र आधुनिकिकरण रहेकाले ग्रामिण क्षेत्रका जनताको बैंकिग पहुंच पु¥याउन अन्तरक्रिया गरेको बैकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले बताए । बैंकले स्थानिलयलाई सचेतनाका लागि कृषि तथा कृषिजन्य उद्यम र पशुपालन व्यवसायमा संलग्न कृषकहरुको उपस्थितिमा सहुलियतपुर्ण कर्जाका लागी ब्याज अनुदान सम्वन्धी व्यवस्थाको बारेमा जानकारी गराएको थियो ।सहुलियतपूर्ण कर्जाको सम्बन्धमा जानकारी प्रदान गरि सर्वसाधारण जनतालाई कृषि उद्यम तर्फ आर्कषित गरी आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याएकोमा स्थानियले बैकको प्रसंसा गरेका थिए ।
बैकका शाखा संख्या ३८ शाखा र १ वटा एक्सटेन्सन कार्यालय रहेको बैंकले आवश्यकता र सम्भाव्यताका आधारमा सेवा विस्तार गर्दै लैजाने तयारी रहेको बैकका अध्यक्ष श्रेष्ठले बताए । बैंकले हाल रुपन्देही जिल्लाको बुटवल र मणिग्राम, गुल्मी जिल्लाको तमघास र बलेटक्सार, अर्घाखाँची जिल्लाको सन्धिखर्क, प्यूठान जिल्लाकोे विजुवार र कपिलवस्तुको चन्दौटा मा रहेका शाखा कार्यालयहरु मार्फत ३६५ दिन नै बैंकिङ्ग सेवा उपलब्ध गराउदैँ आएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend