
साझा नेटवर्क,प्यूठान पुष २२ । नेपाल पर्यटन पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको अध्यक्षमा शशिधर भण्डारी सर्वसम्मत चयन भएका छन् । शुक्रबार होटल आयुष्मा नयाँ वजार जुम्रीमा भएको महासंघको दोश्रो अधिवेशनबाट भण्डारी सहित ११ सदस्यीय नयाँ कार्यसमिति छनौट भएको छ ।
बरिष्ठ उपाध्यक्षमा बोम बहादुर परियार,उपाध्यक्षमा सिर्जना सेन,सचिव शंसेर विक्रम जि.सी,सहसचिव सिता मगर,कोषाध्यक्ष मधुसुधन पोख्रेल,सदस्यहरुमा सागर शर्मा,पुष्पा बि.क.,रविन विश्वकर्मा,शोभा मगर र स्मृति घर्तिमगर रहेका छन् । नयाँ कार्य समितिले पहिलो वैठक पर्यटकीय स्थल मल्लरानीमा पौष २८ शनिवार गर्ने नवनिर्वाचित अध्यक्ष शशिधर भण्डारीले जानकारी दिए ।