साझा नेटवर्क

स्मृती घर्ती मगर
प्युठान पौष १९ ।
प्युठान जिल्लाका दुर्गम बस्तीमा रहेका कतिपय दलित तथा जनजाति बालबालिकाहरु बिद्यालय जानका लागी शैक्षिक सामाग्री तथा अन्य अत्याबश्यक सामाग्रीको अभाबका कारण कठिनाई महसुस गरिरहेका छन् । सोही समस्या समाधानका लागी नेपाली कांग्रेस प्युठानले राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष तथा नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोख्रेलको पहलमा शैक्षिक सामाग्रीहरु बितरण गर्ने कार्यको शुभारम्भ गरिएको छ । हिजो सरुमारानी गा.पा.१ बाङ्गेसालबाट सुरु गरिएको अभियान आज प्युठान नगरपालिका ५ जुम्रिकाँडाको पुर्णगाँउमा पुगेको छ । आज डा. पोख्रेलद्धारा पुर्णगाँउमा रहेको नमुना प्राथमिक बिद्यालयमा अध्ययनरत २ सय आठ जना बालबालिकालाई बिद्यालय जाने झोला,स्टेसनरी सामान र ब्यक्तिगत सरसफाईका सामान बितरण गरिएको छ ।

शैक्षिक सामाग्री बितरण समारोहमा मन्तब्य राख्दै नेपाली कांग्रेस प्युठानका सभापति अमर प्रसाद भण्डारीले यस्ता उपयोगी कार्यक्रमलाई जिल्लाका दुर्गम र पिछाडिएका बस्तीमाहरुमा पुर्यानको लागी पार्टीले पहल गरि राख्ने बताउनु भयो । त्यस्तै कार्यक्रममा डा. पोख्रेलले बालबालिकाहरुलाई सम्बोधन गर्दै मेहत गरेर अध्ययन गर्ने हो भने भबिश्यमा सफल ब्यक्ति बन्न सकिने भन्दै हौसला प्रदान गर्नु भएको थियो । साथै सो समारोहमा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष,प्रधानाध्यापक सशि पण्डित,नेबिसंघ प्युठानका उपाध्यक्ष गिर बहादुर घर्ती मगर,नेपाली कांग्रेस प्युठानका जिल्ला सचिब देबेन्द्र बर्मा,उद्योग बाणिज्य संघका पुर्ब कोषाध्यक्ष रामचन्द्र पौडेल,नेबिसंघ क्षेत्र नं २ का निःबर्तमान अध्यक्ष भोजराज भण्डारी, शिक्षक अबिभावक संघका अध्यक्ष, नेपाली कांग्रेसका स्थानिय नेताहरु,अन्य दल संग सम्बन्धित ब्यक्तिहरु ल्गायतको उपस्थिति रहेको थियो । झोला सहितका शैक्षिक सामाग्री प्राप्त गरे पछी नेपाली कांग्रेस आमन्त्रित जिल्ला सदस्य भिम बहादुर घर्ती मगर,नेपाली कांग्रेस ५ नं वार्डका सभापती श्याम बुढा,प्युठान नगर सदस्य रुकमणी भुषाल,नेपाल तरुनदल जुम्रीकाँडाका सभापती पिमा भुषाल,नेपाली कांग्रेस जुम्रीकाँडाका पुर्ब सभापती जिबराज जैसी,अबिभावक लगायतले खुसी ब्यक्त गर्दै अन्य ठाँउबाट पनी थप माग आएकाले सहयोग गर्न अनुरोध गरेका छन् ।
हेल्प नेपाल संस्थाको सहयोगमा र राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष तथा नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोख्रेलको बिषेश पहलमा शैक्षिक सामाग्री प्रदान गरिएको हो । आज बितरण गरिएको शैक्षिक सामाग्रीको मुल्य रु सात लाख भन्दा धेरै रहेको बताइएको छ । सो समारोहमा उपस्थित नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रिय सभापति टेक प्रसाद भण्डारीले भोली स्वर्गद्धारी नगरपालिकाको २ वटा बिद्यालयमा झोला सहितको शैक्षिक सामाग्री बितरण गरिने जानकारी दिनु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend