logo
  • सोमबार, असोज १२ २०८३

बाङ्गेसालका ३० जना बालबालिकालाई शैक्षिक सामाग्री बितरण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३


स्मृती घर्ती मगर,प्युठान,पुष १८
जिल्लाको सरुमारानी गाउपालिका १ बाङ्गेसालका तीस जना बालबालिकालाई आज शैक्षिक सामाग्री बितरण गरिएको छ । स्थानिय धामी समुदायद्धारा सञ्चालित बाल बिकास केन्द्रमा अध्ययनरत ३० जना बालबालिकालाई बिद्यालय जाने झोला,स्टेसनरी सामान र ब्यक्तिगत सरसफाईका सामान बितरण गरिएको सरुमारानी १ का वडा अध्यक्ष मुकुन्दराज शर्माले जानकारी दिए । हेल्प नेपालको आर्थिक सहयोग र राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा. गोविन्दराज पोख्रेलको विशेष पहलमा शैक्षिक सामाग्री प्रदान गरिएको हो । नेपाली कांग्रेसका नेता समेत रहेका डा पोख्रेलले आज एक कार्यक्रमका बिच शैक्षिक सामाग्री हस्तान्ततरण गर्दै यो झोला बितरण कार्यक्रमलाई क्रमस जिल्लाका अन्य प्राथमिक बिद्यालयमा लगिने बताए । त्यस्तै भोली र पर्सी क्षेत्र नं १ का तिन वटा प्राथमिक बिद्यालयमा झोला बितरण गरिने क्षेत्रिय सभापति टेक प्रसाद भण्डारीले जानकारी दिए।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रिय सभापति टेक प्रसाद भण्डारी,सरुमारानी गा.पा.सभापति जैनुल मिया,नेपाल तरुणदल क्षेत्र नं १ का क्षेत्रिय सभापति यादब श्रेष्ठ,नेपाली कांग्रेस आमन्त्रित जिल्ला सदस्य भिम बहादुर घर्ती मगर,सरुमारानी गा.पा.१ वार्ड अध्यक्ष मुकुन्द शर्मा,नेपाली कांग्रेस महा समिति सदस्य मोहोन पन्थी लगायतको उपस्थिति रहेको थियो ।

धामी समुदायका युवा शिब धामीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन ऋषी धामीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend