logo
  • सोमबार, असोज १२ २०८३

नेकपाका अध्यक्ष र सचिवले लिए शपथ


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी पुष १६।
नेपाल कम्युनिष्ट पार्टी गुल्मीले जिल्लाका अध्यक्ष र सचिवलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएको छ । नेकपाका ५ नम्बर प्रदेशका सचिव जग प्रसाद शर्माले जिल्लाका सबै स्थानीय तहका अध्यक्ष र सचिवलाई शपथ खुवाएका छन् ।
शपथ गराउदैँ शर्माले अब एकढिक्का भएर जनताको सेवामा लाग्न निर्देशन गरे । उनले अब एक घर एक पार्टी सदस्य बनाउन समेत आग्रह गरे । प्रमुख अतिथि समेत रहेका शर्माले विश्वको कम्युनिष्ट आन्दोलनको नृतृत्व नेपालले गरिरहेको भन्दै नयाँ जोसका साथ जनताको बिचमा जान आग्रह गरे ।यसअघि नेकपा गुल्मीले सबै स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको थियो । जसअनुसार रेसुङ्गा नगरपालिकामा हरी पोखरेल अध्यक्ष र धर्म विश्वकर्मा सचिव भएका छन् ।

त्यस्तै मुसिकोट नगरपालिकामा खुम बहादुर थापा अध्यक्ष तथा अग्निधर लोहोदी सचिव भएका छन् । कालिगण्डगी गाउँपालिकामा रामजि ढकाल अध्यक्ष तथा मोदिलाल भट्राई सचिव, चन्द्रकोट गाउँपालिकामा चित्र केसी अध्यक्ष तथा प्रेम पराजुली सचिव भएका छन् । सत्यवती गाउँपालिकामा अध्यक्षमा ठगप्रसाद ज्ञवाली र सचिवमा जितु तरामु रहेका छन् । त्यस्तै रुरु गाउँपालिकाको अध्यक्षमा चन्द्रमणी गौतम तथा सचिवमा नारायण पौड्याल, छत्रकोट गाउँपालिकाको अध्यक्षमा रामप्रसाद पाण्डे तथा सचिवमा पिताम्बर अर्याल, गुल्मीदरबार गाउँपालिकाको अध्यक्षमा विष्णु गौतम तथा सचिवमा यमलाल पाण्डे, मालिका गाउँपालिकाको अध्याक्षमा देविराम अर्याल तथा सचिवमा रंगमाया पुन सचिवमा मनोनित भएका छन् ।

मदाने गाउँपालिकाको अध्यक्षमा प्रेम केसी तथा सचिवमा झविन्द्र बहादुर घर्ती र धुर्कोट गाउँपालिकाको अध्यक्षमा गोपाल कुँवर तथा सचिवमा चन्द्र विक भएको नेकपाका जिल्ला अध्यक्ष बालसिंह काउछाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend