logo
  • सोमबार, असोज १२ २०८३

इस्माली समाज काठमाण्डौमा सर्वसम्मत नेतृत्व


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी पुष १४ ।
इस्माली समाज काठमाण्डौले ११ औ साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । साधारण सभाले पुन: दामोदर भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्म चयन गरेको छ ।

समाजको उपाध्यक्षमा गोपिराज पराजुली, सचिवमा मोहन केशी, सहसचिवमा सरस्वति अधिकारी, कोषाध्यक्षमा शिवलाल खड्का निर्वाचित भएको निवर्तमान कार्यसमिति सचिव हेमन्त थापाले बताए ।

साधारण सभामा समाजका अध्यक्ष दामोदर भण्डारीले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष शिवलाले खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सदस्यमा बिमला केशी, चन्द्र बहादुर बस्नेत, महेन्द्र बस्नेत, उषा कार्की, मिन बहादुर केशी र देव बहादुर महत रहेका छन् ।

विकास र समृद्धिका पक्षमा जुटौ : मन्त्री बिष्ट

इस्माली समाज काठमाण्डौको साधारण सभाको उद्घाटन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले इस्माको विकास र समृद्धिका पक्षमा जुट्न सवैलाई आग्रह गरे ।

‘गाउँको विकासका विभिन्न समुह र वर्गका सचेत नागरिकको महत्वपूर्ण भुमिका रहन्छ,’उनले भने,‘रचनात्मक सहयोग मार्फत इस्मालाई अगाडी बढाउँ । उनले अहिले आफु दलालहरुको चौघेरा भित्र श्रमिकका विविध पक्षमा संंघर्ष गरिरहेकाले गाउँ र जिल्ला धेरै फर्कन नपाएको बताउँदै महत्वपूर्ण योजना र गतिविधीहरु भने नियाली रहेको बताए ।

मन्त्री बिष्टले बैदेशिक रोजगारीको क्षेत्रमा थुप्रै जोखिमयुक्त योजनाहरु कार्यान्वयनमा रहेको बताउँदै सवै जनपक्षिय काम भएकाले मन्त्री पद फुस्किएलाकी भन्ने कुनै डर नभएको समेत प्रतिक्रिया दिए ।

गाउँपालिका स्तरिय हाजिर जवाफ

इस्माली समाज काठमाण्डौले आउने माघ ११ गते गाउँपालिका स्तरिय हाजिर जवाफ प्रतियोगीता आयोजना गर्ने भएको छ । विगतका बर्षमा जस्तै गाउँपालिकाका सवै मावि बिद्यालयहरुको सहभागीतामा प्रतियोगिता आयोजना गरिने समाजका अध्यक्ष दामोदर भण्डारीले बताए ।

२०६४ सालमा स्थापना भएको इस्माली समाजले गाउँको शिक्षाको क्षेत्रमा काम गर्दे आएको छ । इस्माली समाज इस्मा गाउँपालिका भित्र घर भई विभिन्न शिलसिलामा काठमाण्डौ रहेकाहरुको संगठन हो । इस्माली समाज काठमाण्डौले प्रेमनाथ अर्याल स्मृति छात्रवृति कोषबाट एसइइ परिक्षामा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृत गर्दै आएको भण्डारीले बताए ।

साथै समाजले हरितालिका तीजमा इस्माली चेलीबेटीका लागि दरखाने कार्यक्रम, बनभोज, दशैमा शुभकामना आदान प्रदान तथा क्यालेण्डर प्रकाशन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend