logo
  • शनिबार, साउन ९ २०८३

आँखा शिविरबाट २२५ जना लाभाम्बित


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

हुमाकान्त पोखरेल, गुल्मी पुष १४ ।
गुल्मीको इश्मा गाउँपालिका १ हस्तिचौरमा भएको आँखा शिविरबाट २२५ जना लाभाम्बित भएका छन् । जसमध्ये २२ जनालाई अप्रेसनको लागि सिफारिस गरिएको छ भने ३५ जना ज्येष्ठ नागरिकलाई चस्मा वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी हस्तिचौर उपशाखाको संयाजकत्व, जिल्ला शाखाको आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ गुल्मीको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । ८७ बर्षिया पहले सुनारको आँखा परिक्षणसँगै शिविर संचालन गरिएको शाखाका सभापति शेर बहादुर कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend